काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका लाभहरूको वितरण आम नागरिकसम्म पुर्याई जनताको सेवा गर्न, राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि गर्न निजामती सेवाको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
निजमति सेवा दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्रीले कर्मचारीहरूमाथि लाग्ने गरेका आरोपहरूलाई चिर्दै पेशागत मूल्यमान्यता र निष्ठालाई आत्मसात गरी उच्च नैतिक आचरण र व्यवहार मार्फत् सेवा प्रदान गर्न प्रत्येकले आफूलाई समयानुकूल ढंगले रुपान्तरण गर्न जरुरी रहेको प्रधानमन्त्रीले सुझाएका छन्।
'नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य छ', प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ, 'आज देशमा लोकतन्त्र छ, लोकतान्त्रिक संविधान छ र जनतामा सार्वभौमसत्ता रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली छ। अब हामी जो जहाँ छौं, त्यहीँबाट सबैले यस प्रणालीलाई सफल पार्नु छ।'
यतिबेला समस्त कर्मचारीले स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ राष्ट्रिय एकताको भावधारामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटोमा अग्रसर हुनु जरुरी रहेको प्रधानमन्त्रीले बताएका छन्। 'यसका लागि आफ्नो दक्षता अभिबृद्धि गर्न र देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन जरुरी छ', सन्देशमा भनिएको छ।
कोभिड-१९ महामारीको परिस्थितिलाई सामना गर्ने सिलसिलामा जीवन जोखिममा राखी अग्रभागमा खटिएका राष्ट्रसेवकहरूप्रति प्रधानमन्त्रीले सम्मान व्यक्त गरेका छन्।