काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद मिलाउन गठित सुझाव कार्यदलको प्रतिवेदनप्रति कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले थप स्पष्टता खोजेका छन्।
गत शुक्रबारको सचिवालयले सर्वसम्मत रूपमा स्वीकार गरी स्थायी कमिटी बैठकको अजेन्डा बनाउने निष्कर्ष लिए पनि कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले थप स्पष्टता खोजेका हुन्।
‘‘कार्यदलको प्रतिवेदन मुलतः सही नै देखिन्छ, तर अध्यक्ष कमरेड प्रचण्डको कार्यकारी भूमिकाको व्याख्या भने अझै स्पष्ट रूपमा गरिएको छैन, त्यो जरूरी छ,’’ प्रचण्डनिकट एक स्थायी समिति सदस्यले भने, ‘‘माधव कमरेडले भनेझैँ ‘एक व्यक्ति, एक पद’को अजेन्डालाई पनि कार्यदलको प्रतिवेदनले सम्बोधन गरेको छैन।’’
गत शुक्रबारको सचिवालय बैठकमा कार्यदलको प्रतिवेदनलाई स्वीकार गरेको भोलिपल्ट अध्यक्ष प्रचण्डले महासचिव विष्णुप्रसाद पौडेल र कार्यदलका सदस्यसमेत रहेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई भेटघाट गरी कार्यकारी अध्यक्षको थप व्याख्या खोजेको हुन्।
उनका अनुसार स्थायी कमिटी बैठकमा प्रचण्डको कार्यकारी भूमिका र नेपालको एक व्यक्ति एक पदको अजेन्डालाई छलफलको रूपमा प्रस्तुत गरिनेछ।
गत शुक्रबारको सचिवालय बैठकमा कार्यदलको प्रतिवेदनलाई स्वीकार गरेको भोलिपल्ट अध्यक्ष प्रचण्डले महासचिव विष्णुप्रसाद पौडेल र कार्यदलका सदस्यसमेत रहेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई भेटघाट गरी कार्यकारी अध्यक्षको थप व्याख्या खोजेको हुन्। सचिवालय बैठकले कार्यदलको प्रतिवेदन स्वीकार गरिसकेपछि प्रचण्डले थप व्याख्या चाहेपछि नेकपाभित्रको विवाद मिलिनसकेको अर्थको रूपमा लिन थालिएको छ।
उता, प्रचण्डनिकट कार्यदलका सदस्य जनार्दन शर्माले भने सचिवालय बैठकले प्रतिवेदनलाई सर्वसम्मत रूपमा स्वीकार गरेको जनाउँदै यसबाट दायाँबायाँ हुन नहुने बताइरहेका छन्। ‘‘पार्टी एकताको पक्षमा प्रस्तुत कार्यदलको सुझावलाई सचिवालयले स्वीकार गरेकोमा नेता कामरेडहरूमा हार्दिक आभार व्यक्त गर्दछौं,’’ सचिवालयको स्वीकारोक्तिपछि शर्माको सार्वजनिक प्रतिक्रिया थियो।
अझ शर्माले त आफू सम्मिलित भएर पनि होला ‘नेकपा कार्यदलको प्रतिवेदनः पूर्ण एकताको प्रतिवेदन’ भन्ने लेख नै लेखेर प्रतिवेदनको सार्वजनिक रूपमा बचाऊसमेत गरिसकेका छन्। तर, आफूनिकट कार्यदलका सदस्यले प्रतिवेदनको बचाऊ गरे पनि कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो भूमिकाको थप व्याख्या खोजेको उनीनिकट एक नेताले बताएका छन्।
‘‘ओलीजीले प्रधानमन्त्री वा पार्टी अध्यक्ष दुईमध्ये एक पद छाड्नैपर्ने अडान राखिरहेको बेला प्रचण्डजी कार्यदल बनाउन मञ्जुर हुनुभयो, त्यसमा पनि उहाँले आफूनिकट सदस्यलाई कुनै निर्देशन दिएको देखिएन। प्रचण्डको पछिल्लो भूमिका शंकास्पद छ। स्थायी कमिटीमा उहाँ कसरी प्रस्तुत हुनुहुनेछ, त्यहीअनुसार हाम्रो व्यवहार हुनेछ।’’
उता, वरिष्ठ नेता नेपालले ‘एक व्यक्ति, एक पद’ को अजेन्डालाई कार्यदलको प्रतिवेदनले सम्बोधन नगरेको भन्दै असन्तुष्टि जनाइरहेका छन्। ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पदबाट स्वेच्छिक रूपमा राजीनामा दिनुपर्ने पूर्ववतः अडानलाई कार्यदलको प्रतिवेदनले सम्बोधन नगरेको भन्दै नेपालसहित प्रचण्ड पनि असन्तुष्ट रहेका छन्।
त्यसमाथि, नेपालले त ओली-प्रचण्डबीच ‘गोप्य सहमति’ भएको आशंकासमेत गर्दै आएका छन्। ‘‘ओलीजीले प्रधानमन्त्री वा पार्टी अध्यक्ष दुईमध्ये एक पद छाड्नैपर्ने अडान राखिरहेको बेला प्रचण्डजी कार्यदल बनाउन मञ्जुर हुनुभयो, त्यसमा पनि उहाँले आफूनिकट सदस्यलाई कुनै निर्देशन दिएको देखिएन,’’ नेपालनिकट एक नेताले भने, ‘‘प्रचण्डको पछिल्लो भूमिका शंकास्पद छ। स्थायी कमिटीमा उहाँ कसरी प्रस्तुत हुनुहुनेछ, त्यहीअनुसार हाम्रो व्यवहार हुनेछ।’’ उनका अनुसार नेपाल समूह यतिखेर प्रचण्डको भूमिकालाई लिएर ‘पर्ख र हेर’को अवस्थामा रहेको छ।
गत असार १० गतेदेखि सुरू भएको स्थायी कमिटी बैठक विवादका बीचमा असार १७ गतेदेखि अगाडि बढ्न सकेको छैन। असार १९, असार २२, असार २४, असार ३१, साउन ३ हुँदै पटक-पटक बैठक स्थगित भएपछि पार्टीको आन्तरिक विवाद मिलाउन गत साउन ३० गते महासचिव पौडेलको नेतृत्त्वमा एक सुझाव कार्यदल गठन गरिएको थियो।
पौडेलसहित ओली समूहका पोखरेल तथा प्रचण्ड समूहबाट शर्मा र पम्फा भुषाल, नेपाल समूहबाट सुरेन्द्र पाण्डे र भीम रावल सदस्य रहेको एक कार्यदल गठन गरिएको थियो।
उक्त कार्यदलले प्रचण्ड-नेपाल समूहले भनेझैँ ‘विधि र पद्दतिका लागि’ ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पदबाट स्वेच्छिक रूपमा राजीनामा दिनुपर्ने अडानलाई सम्बोधन नगरी मूलतः ओलीअनुकूलको प्रतिवेदन बुझाएपछि दुवै नेताले थप व्याख्या चाहेको बुझिन आएको छ।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद मिलाउन गठित सुझाव कार्यदलको प्रतिवेदनप्रति कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले थप स्पष्टता खोजेका छन्।गत शुक्रबारको सचिवालयले सर्वसम्मत रूपमा स्वीकार गरी स्थायी कमिटी बैठकको अजेन्डा बनाउने निष्कर्ष लिए पनि कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले थप स्पष्टता खोजेका हुन्।

">