काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षत्रयलाई पार्टी कहिल्यै नफुट्ने गरी मिलाउन दोस्रो तहका नेताहरूले दबाब दिएका छन्। एकता प्रक्रियामा देखिएका विवादहरू समाधान गर्दै पार्टी एकता दिगो बनाउन अध्यक्षत्रय पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापामाथि दोस्रो तहका नेताहरुले दबाब दिएका हुन्।
पार्टीमा देखिएको हालको विवादलाई उनीहरूले अनावश्यक ‘किचकिच’ भनेका छन्। यससँगै, व्यक्तिगत स्वार्थ भन्दा पनि पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर एकताबद्ध भइ अगाडि बढ्न सुझाएका छन्। पार्टीका नेता डा. धवल शमशेर राणाले मुख्यतः चुनाव चिन्ह र दल दर्तामा देखिएको विवादलाई अनावश्यक किचकिच भनेका छन्। जुन चाँडै समाधान गरेर अगाडि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ।
“चुनाव चिन्हमा किचकिच भयो, यो अनावश्यक हो र अध्यक्षत्रयले मिलाउनुपर्छ,” उनले देखापढीसँग भने, “पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउनुको विकल्प छैन र यसप्रति अध्यक्षत्रय गम्भीर हुनुपर्छ।” चुनाव चिन्ह भने ‘हलो’ राख्नेमा मोटामोटी रूपमा राप्रपाले गठन गरेको कार्यदल निष्कर्षमा पुगेको थियो। जबकि, चुनाव चिन्ह ‘गाई’ को विषयमा पनि कार्यदलमा छलफल भएको थियो।
छ सदस्यीय कार्यदलले चुनाव चिन्ह ‘हलो’ राख्नु पर्ने विषयलाई टुङ्ग्यायो। तर, पार्टीका एक जना अध्यक्ष कमल थापाले कार्यदलमा रहेका आफू पक्षीय नेताहरूलाई गद्दारी गरेको भन्दै ‘मिर जाफर’ को संज्ञा दिए। यति मात्रै होइन, निर्वाचन आयोगमा दल दर्ता आवश्यक नरहेको समेत भन्न भ्याए। जसले गर्दा पार्टी एकीकरणका लागि आधारपत्रमा अध्यक्षत्रयले हस्ताक्षर गरेको छ महिना पुग्न दुई दिन बाँकी छँदासम्म दल दर्ता भएकै छैन।
यद्यपि, थापा पक्षकै नेतासमेत रहेका पूर्वमन्त्री दीपक बोहोराले राप्रपालाई यसअघिको निर्वाचनमार्फत जनताले चेतावनी दिइसकेको भन्दै एकतालाई बलियो बनाउनु पर्ने औंल्याए। पार्टीलाई एकताबद्ध बनाएर अगाडि नबढाए जनताले राप्रपालाई समर्थन नगर्ने र पार्टीको भविष्य उज्जवल रहन नसक्ने बताए। त्यसैले पनि पार्टीको हालको विवादलाई साम्य पार्दै आन्तरिक एकता मजबुत अध्यक्षत्रयले बनाउनु पर्नेमा उनले जोड दिए।
“हामी तीन पार्टीमा विभक्त हुँदा तीन प्रतिशत मत एउटै पार्टीले प्राप्त गर्न सकेन, तर, तीन पार्टीलाई प्राप्त भोट तीन प्रतिशत छ”, उनले भने, “जनता रिसाएका छन्, फेरि अगल भयौं भने हाम्रो भविष्य छैन। जनताले अघिल्लो निर्वाचनबाट चेतावनी पनि दिइसकेका छन्।”
उनले प्राविधिक पक्षहरूलाई मिलाएर पार्टीलाई एकताबद्ध बनाउन मिहेनत गरिरहेको पनि बताए। समय लागे पनि दिगो एकताको आधार तयार गर्न पार्टी जुटेको बताए। यसप्रति अध्यक्षत्रय बढी जिम्मेवार हुनुपर्नेमा उनको जोड छ। “प्राविधिक पक्ष मिलाएर जाँदा फेरि फुट्ने टुट्ने नहोस् भन्ने हो,” उनले भने, “यसमा अध्यक्षत्रय बढी गम्भीर हुनुपर्छ, मिलाउनुपर्छ अनि मात्रै वैकल्पिक राष्ट्रवादी राजनीतिक शक्ति बन्छ।”
राप्रपामा हाल राजनीतिक र सैद्धान्तिक दुबै पक्षमा विवाद छैन। पार्टीको नाम र झण्डामा पनि विवाद देखिएको छैन। र, पार्टी विधान दुई पार्टीको मिलाएर बनाउने कुरा त आधारपत्रमै उल्लेख छ। यसले गर्दा राप्रपामा विवाद भनेकै दल दर्ता र चुनाव चिन्हमै छ भन्ने प्रष्ट देखिन्छ।

पार्टीका दोस्रो तहका अर्का नेता श्याम तिमिल्सिनाले पार्टी विभाजन गर्नेतर्फ जान अध्यक्षत्रयलाई छुट नभएको भन्दै जसरी पनि विवाद समाधान गरे एकताबद्ध बनाउनु पर्ने बताए। “जुनसुकै हालतमा पार्टी मिलाएर अगाडि बढाउनु आजको आवश्यकता हो”, उनले भने, “यसमा अध्यक्षत्रयले निर्णायक भूमिका निर्वाह गर्नुपर्छ र देशभरका नेता तथा कार्यकर्ताहरूले पार्टीको विवाद मिलाएर अगाडि बढ्न दबाब दिएका छन्।” उनले पार्टीमा जहिले ‘गज्याङमज्याङ’ मात्रै गर्ने हो भने देशभरका नेता तथा कार्यकर्ताहरूबाट अध्यक्षत्रयलाई हटाउन दबाब आएको पनि बताए।
गत वर्ष फागुन २४ गते तत्कालीन राप्रपा संयुक्त र राप्रपाबीच पार्टी एकीकरणका लागि आधारपत्रमा राणा, लोहनी र थापाले हस्ताक्षर गरेका थिए। सोही आधारपत्रका आधारमा फागुनको २७ गते दुबै पार्टीको केन्द्रीय कार्य समिति बैठकले पार्टी एकीकरणका लागि निर्णय गरेको थियो। फागुनको २९ गते दुई पार्टीबीच एकीकरण भएको थियो। त्यसपछि चैतको १० गते निर्वाचन आयोगमा पार्टी एकीकरण सम्बन्धी जानकारी दिएको राप्रपाले हालसम्म आयोगमा पुगेर दल दर्ता गर्न सकेको छैन।
निर्वाचन आयोगले दल दर्ताको लागि आवश्यक कागजातहरू बुझाउन पत्राचार पनि गरिसकेको छ। र, दल दर्ता गर्ने भनेर असारको ११ गते र २४ गते निर्णय गरे पनि एकता प्रक्रियामा देखिएको विवादले दल दर्ता हुन नसक्दा उक्त पार्टीका नेता तथा कार्यकर्ताहरू फेरि पार्टी एकता टुट्ने हो कि भन्ने चिन्तामा देखिएका छन्।
" /> काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षत्रयलाई पार्टी कहिल्यै नफुट्ने गरी मिलाउन दोस्रो तहका नेताहरूले दबाब दिएका छन्। एकता प्रक्रियामा देखिएका विवादहरू समाधान गर्दै पार्टी एकता दिगो बनाउन अध्यक्षत्रय पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापामाथि दोस्रो तहका नेताहरुले दबाब दिएका हुन्।पार्टीमा देखिएको हालको विवादलाई उनीहरूले अनावश्यक ‘किचकिच’ भनेका छन्। यससँगै, व्यक्तिगत स्वार्थ भन्दा पनि पार्टी र देशको स्वार्थलाई केन्द्रमा राखेर एकताबद्ध भइ अगाडि बढ्न सुझाएका छन्। पार्टीका नेता डा. धवल शमशेर राणाले मुख्यतः चुनाव चिन्ह र दल दर्तामा देखिएको विवादलाई अनावश्यक किचकिच भनेका छन्। जुन चाँडै समाधान गरेर अगाडि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ।

">