काठमाडौं। पार्टी महाधिवेशनको मिति नजिकिँदै जाँदा नेपाली कांग्रेसभित्र ‘पारिवारिक लिगेसी’ सम्हालिरहेका शीर्ष नेताबीचहरूमा टक्कर देखिने भएको छ। पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिभावकको भूमिकामा बस्नुपर्ने आवाज उठिरहेका बेला कांग्रेसभित्र ‘पारिवारिक लिगेसी’ बोकिरहेका शीर्ष नेताहरू बीचमा टक्कर देखिने भएको हो।
कांग्रेस संस्थापक तथा पहिलो जननिर्वाचित प्रधाननमन्त्री बिपी कोइराला, सर्वमान्य नेता गणेशमान सिंह तथा कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिको पारिवारिक लिगेसी थामिरहेका शीर्ष नेताहरू बीचमा नै कांग्रेसको १४ औं महाधिवेशन केन्द्रित हुने घटनाक्रमले देखाउँदै लगेको छ।
‘‘खासमा नेपाली कांग्रेस राजनीतिक पार्टी नै होइन, यो खासमा पारिवारिक पार्टी हो, जसलाई वंशले चलाइरहेको छ,’’ राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्, ‘‘यसपटकको महाधिवेशनमा राजनीतिक बहस हुने छैन, कुन नेताको वंश नेतृत्त्वमा पुग्छ भन्ने विषयमा बहस केन्द्रित हुने देखिन्छ।’’ उनका अनुसार जिल्ला तहको नेतृत्त्वमा वंशवादको अभ्यास हुँदै आए पनि पहिलोपटक केन्द्रीय नेतृत्त्व अर्थात् चौधौं महाधिवेशनमा वंशवादको टक्कर देखा पर्नेछ।
आचार्यले भनेझैँ कांग्रेसको सात दशक लामो राजनीतिक इतिहासमा पहिलोपटक तीन जना नेताका सुपुत्रहरूले एकैपटक सभापतिको दाबी प्रस्तुत गरेका मात्रै छैनन्, त्यसका लागि सशक्त दाबेदारको रूपमा आफूलाई प्रस्तुत पनि गरिरहेका छन्। बीपीको ‘लिगेसी’ बोकिरहेका कान्छा सुपुत्र अर्थात् बहालवाला महामन्त्री शशांक कोइराला, सिंहपुत्र अर्थात् पूर्वमहामन्त्री प्रकाशमान सिंहले सार्वजनिक रूपमा नै र निधिपुत्र अर्थात् हालका पार्टी उपसभापति विमलेन्द्र निधिले सभापति देउवादेखि आफ्ना प्रतिस्पर्धीसमेतलाई सभापतिको उम्मेदवार हुने जानकारी गराइसकेका छन्।
सभापति देउवा पुनः सभापतिमा दोहरिन चाहे पनि उनीनिकट उपसभापति निधिले आफूलाई यसपटक छाडिदिन आग्रह गरेका छन्। तीन-तीन पटक सभापतिको उम्मेदवार भएर १३औं महाधिवेशनमा पुग्दा विजेता बनेका देउवालाई निधिले उमेर र नेतृत्त्व पुस्तान्तरणका लागि पनि आफूलाई छाडिदिनुपर्ने तर्क गरिरहेका छन्।
देउवाले नेतृत्त्व गरेको समूहबाट निधिले सभापतिको दाबेदारको रूपमा आफूलाई प्रस्तुत गरेपछि सो समूहमा एक किसिमको तरङ्ग उत्पन्न भएको छ, सो समूहभित्रका केही नेताहरू निधिलाई अगाडि सार्ने कि अन्यत्र जाने भन्ने अन्योलताका बीचमा आन्तरिक छलफलमा व्यस्त रहेको कांग्रेस नेताहरू बताउँछन्। तर, कसैले पनि अहिलेसम्म मुख खोलेका यसकारण पनि छैनन् कि देउवाले आफू पुनः सभापतिको उम्मेदवार भन्दै लड्ने कि नलड्ने कुनै निर्णय लिइसकेका छैनन्।
‘‘देउवाजीले निधिलाई समर्थन गर्नुभयो भने हाम्रो समूह तितरबित्तर हुन्छ, एकै ठाउँमा रहन सक्दैन,’’ देउवानिकट एक नेताले भने, ‘‘यदि देउवाजीले पुनः दोहरिने इच्छा गर्नुभयो भने फेरि इन्टयाक्ट रहन सक्छ।’’ तथापि, पुस्तान्तरण र वंशवादको अन्त्य हुनुपर्ने भन्ने अजेन्डा बनाउने देउवाले अरूलाई पुस्तान्तरण गर्छन् कि गर्दैनन् ? त्यसले कांग्रेसको राजनीतिमा धेरै अर्थ राख्ने उनी बताउँछन्। सभापतिका उम्मेदवार घोषणा गरेका निधिको बलियो राजनीतिक धरातल भनेको मधेस र मधेसी समुदाय नै हो।
यदि, उनी सभापतिको उम्मेदवार बनेमा त्यस क्षेत्र र मधेसी समुदायको ‘सिम्पेथिक भोट’ निधिलाई जाने देखिन्छ, त्यसैले उनी सभापतिका कमजोर उम्मेदवार भने होइनन्, कारण कांग्रेसको ‘मेन बेस’ अझै पनि मधेसलाई नै मानिन्छ। नेपालको राष्ट्रियतासम्बन्धी दृष्टिकोण राख्ने कतिपय कांग्रेसजन भने उनीमाथि अझै शंकाको दृष्टिले हेरिरहेकाले त्यो प्रत्युत्पादक हुनसक्ने देखिन्छ। उनी सभापतिमा विजयी भए भने कांग्रेस राजनीतिमा उनी मधेसी समुदायका पहिलो सभापतिको रूपमा इतिहास लेख्ने नेता बन्नेछन्।
उता बीपीपुत्र अर्थात् महामन्त्री शशांकले पनि १४औं महाधिवेशनमा आफू उम्मेदवार हुने सार्वजनिक रूपमा नै घोषणा गरेर सम्पर्क कार्यालय नै खोलिसकेका छन्।
महाराजगञ्जस्थित निवास नजिक सम्पर्क कार्यालय खोलेका शशांकले देउवालाई टक्कर दिने आफूमात्रै भएको र वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘अभिभावकको भूमिका’मा बस्नुपर्ने तर्क गर्दै उम्मेदवारी घोषणा गरिसकेका छन्।
कांग्रेसभित्र दक्षिणपन्थी सोच राख्ने नेताको रूपमा चिनिने महामन्त्री कोइरालाको लामो राजनीतिक इतिहास भने छैन, तर बीपीको लिगेसी भने कोइरालामाथि छ। बीपीको लिगेसीले कांग्रेसभित्र लामो समयदेखि राज गरेकाले पनि कोइरालालाई आफू सभापति हुन सक्ने विश्वास जागेको नेताहरू बताउँछन्।
‘‘विमलेन्द्र र प्रकाशमानझैँ शशांक संघर्षबाट आएका नेता होइनन्, अझ भनौं शशांक त ‘सुपर कम्फर्ट जोन’बाट आएका नेता हुन् तर कोइराला परिवारको लिगेसी बोक्न सक्ने अनुहार उनी नै देखिन्छन्,’’ आचार्य अगाडि भन्छन्, ‘‘कांग्रेस राजनीतिक पार्टी नभई वंशवादमा चलेको पार्टी भएकाले उनको सम्भावनालाई नकार्न सकिँदैन। तर पछिल्लो विश्वमा वंशवाद असफल भइरहेका घटना कांग्रेसले हेर्नुपर्छ।’’
कांग्रेस नेताहरूका अनुसार केन्द्रीय सदस्यद्वय शेखर कोइराला र सुजाता कोइरालालाई मिलाउन सकेको अवस्थामा शशांक कोइराला परिवारबाट एकलौटी उम्मेदवार भने हुन सक्छन्। जानकारहरूका अनुसार १३औं महाधिवेशनझैँ शंशाकको नाममा पुनः सभापतिमा कोइराला परिवारको सर्वसम्मत उम्मेदवार हुन सक्छन्।
देशभर कोइराला परिवारको लिगेसी अझै पनि कायम रहेकाले उनलाई पनि बलियो उम्मेदवारको रूपमा हेरिएको छ, तर शंशाकको कमजोरी भनेको निधि र सिंहकोझैँ संघर्षमय राजनीतिक इतिहास छैन। बीपीपुत्र भएका कारण उनले राम्रो शिक्षादीक्षा पाउन सफल भए भने लामो समयसम्म सरकारी सेवा सुविधासहितका जागिरे जीवन छाडेर राजनीतिमा आएका हुन्। राजनीतिक विश्लेषक आचार्यले भनेझैँ ‘सुपर कम्फर्ट जोन’बाट आएका शंशाकले निधि र सिंहलेझैँ पार्टी सञ्चालन गर्न सक्लान् त ? यो प्रश्न भने उनीमाथि गज्जबले तेर्सिने देखिन्छ।
कोभिड-१९ ले संक्रमित भएर होम आइसोलेसनमा बसेका कोइरालाले वरिष्ठ नेता पौडेलसहित उनको समूहले समर्थन जनाउनुपर्ने माग गर्दै आएका छन्, तर संस्थापनईतर समूहको नेतृत्व गर्ने पूर्वमहामन्त्री सिंहले पनि सभापतिमा दाबी गरेपछि कोइरालालाई सभापतिको उम्मेदवार हुन र विजयी हुन त्यति सजिलो भने देखिँदैन।
लौहपुरुष सिंहको लिगेसी बोकेका प्रकाशमानले अघिल्लो पटक पौडेल र शशांकका लागि त्याग गरेकाले यसपटक आफूले सभापति पाउनुपर्ने दाबी गर्दै आएका छन्। ‘‘रामचन्द्रजीले तपाईंहरूको अझै उमेर छ, एक पटक मलाई छाडिदिनुहोस् भनेर १३औं महाधिवेशनमा मैले उम्मेदवारी नै दिइनँ, शंशाकजीलाई समर्थन जनाइदिएको हो,’’ सिंहले पौडेल समूहमा भन्दै आएका छन्, ‘‘अब मेरो पालो हो, अब तपाईंहरूले दाबी गर्न पाउनुहुन्न।’’ सिंहले दाबी प्रस्तुत गरे पनि पौडेलले समर्थन जनाइसकेको अवस्था भने अझै छैन भने कोइरालाले सभापतिमा उठ्ने घोषणा नै गरिसकेका छन्।
निधिझैँ सिंहले पनि २०३६ सालदेखि नै संघर्षमय राजनीति गरेर कांग्रेसको नेतृत्त्वमा उदाएका हुन्, जसकारण निधि र सिंहकोझैँ गर्विलो र संघर्षमय राजनीतिक इतिहास भने कोइरालासँग छैन। तर, ७० वर्षे लामो कोइराला परिवारको लिगेसी कांग्रेसमा अझै पनि काम रहेकाले कोइरालाको उम्मेदवारीलाई किन पनि कमजोर मान्न सकिन्न भने यसअघि नै महामन्त्रीमा विजयी भएर कोइरालाले आफूलाई प्रमाणित गरिसकेका छन्।