भक्तपुर। संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिले भक्तपुरको खरिपाटीस्थित आइसोलेसन सेन्टर र मध्यपुरथिमिको नेपाल-कोरिया नगरपालिकामैत्री अस्पतालको अनुगमन गरेको छ।
उपसमिति संयोजक जीवनराम श्रेष्ठको नेतृत्वमा आएको टोलीले चाँगुनारायण नगरपालिका-७ स्थित विद्युत प्राधिकरणमा रहेको आइसोलेसनको अनुगमन गरेको हो।
कोभिड-१९ को सम्बन्धमा सरकारले गरेका कामको प्रभावकारिता अनुगमन गर्न गठित उपसमितिले भक्तपुरको खरिपाटीस्थित आइसोलेसनको अनुगमन गर्दै यहाँ रहेका कोरोना सङ्क्रमितको अवस्था, खानपान, सरसफाइ र उपचारबारे जानकारी लिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन्।
खरिपाटीको आइसोलेसनमा बिरामीको हेरचाह तथा सेवा सरकारले तोकेको मापदण्ड अनुरूपनै भइरहेको पाइएको अनुगमन उपसमितिका संयोजक श्रेष्ठले बताए।
टोलीले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालले तयार पारेको आइसोलेसन, भेन्टिलेटरसहितको आईसीयू र पीसीआर परीक्षण गर्ने ल्याबको अनुगमन गरेको थियो। टोलीलाई नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना संक्रमण रोक्न र सङ्क्रमितको उपचारका लागि नगरपालिकाले गरेको तयारीका बारेमा जानकारी गराए। रासस
" /> भक्तपुर। संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिले भक्तपुरको खरिपाटीस्थित आइसोलेसन सेन्टर र मध्यपुरथिमिको नेपाल-कोरिया नगरपालिकामैत्री अस्पतालको अनुगमन गरेको छ।उपसमिति संयोजक जीवनराम श्रेष्ठको नेतृत्वमा आएको टोलीले चाँगुनारायण नगरपालिका-७ स्थित विद्युत प्राधिकरणमा रहेको आइसोलेसनको अनुगमन गरेको हो।

">