काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरू भएको छ।
आन्तरिक विवादमा फसेसँगै पटक-पटक स्थगन भई अन्योलमा परेको नेकपा स्थायी कमिटी बैठक झण्डै अढाइ महिनापछि सम्पन्न हुन लागेको हो।
प्रधानमन्त्रीनिवास वालुवाटारमा जारी बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्ताव गरेको अजेन्डालाई पारित गर्दै समापन गर्ने तयारी छ।
‘‘सम्भवतः आज एक दिन मात्रै सञ्चालन भएर बैठक सम्पन्न हुने छ,’’ नेकपाका एक स्थायी कमिटी सदस्यले भने, ‘‘केही सदस्यले धारणा राख्न खोजे भोलिसम्म लम्बिनेछ तर लामो जान सक्दैन।’’ उनका अनुसार अध्यक्षद्वय ओली र दाहालबीच ११ बजे बैठक सुरू हुनुअघि छलफललाई धेरै नलम्ब्याउने निष्कर्ष निकाल्ने बारेमा कुराकानी भएको थियो।
गत असार १० गतेदेखि सुरू भएको स्थायी कमिटी बैठक आन्तरिक विवादका बीचमा गत असार १९ गतेदेखि सञ्चालन हुन सकेको थिएन। प्रधानमन्त्री ओलीले भानु जयन्तीको अवसरमा गत असार १४ गते आफ्नो सरकार ढाल्न भारतीय दूतावास र आफ्नै पार्टीका मान्छेहरू लागिपरेको विवादस्पद अभिव्यक्ति दिएपछि स्थायी कमिटी बैठकमा नोकझोक सुरू भएको थियो।
प्रचण्ड-नेपाल समूहले ओलीको प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा माग गरेपछि स्थायी कमिटीमा स्पष्ट रूपमा विभाजन देखापरेको थियो भने हस्ताक्षर संकलनदेखि गैरराजनीतिक क्रियाकलाप भएपछि प्रधानमन्त्री ओलीले असार १९ गते संसद् बैठक स्थगन गरिदिएका थिए।
त्यसबीच प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री ओलीमाथि दबाब बढाए पनि दुवै पदबाट राजीनामा नदिएपछि अन्ततः साउन ३० गते पार्टी विवद हल गर्न समस्या समाधान सुझाव कार्यदल बनाइयो।
सो कार्यदलले बुझाएको प्रतिवेदनलाई सचिवालय बैठकले स्वीकार गरेपछि अध्यक्षद्वय ओली र प्रचण्डले प्रस्ताव पेस गर्ने र त्यसलाई सर्वसम्मत रूपमा पारित गराउने योजना रहेको छ।
स्थायी कमिटीका कुनै सदस्यले धारणा राख्न चाहेमा मात्रै बैठक लम्बिने नभए आजै सक्ने निष्कर्षमा दुई अध्यक्ष पुगेको नेकपा स्रोतले जनाएको छ।
" /> काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरू भएको छ।आन्तरिक विवादमा फसेसँगै पटक-पटक स्थगन भई अन्योलमा परेको नेकपा स्थायी कमिटी बैठक झण्डै अढाइ महिनापछि सम्पन्न हुन लागेको हो।

">