थबाङमा नेत्रविक्रम चन्द समूहका स्वतन्त्र उम्मेदवारको उम्मेदवारी फिर्ता
रोल्पा। १४ मंसीरमा हुने उपनिर्वाचनको लागि रोल्पा थबाङ गाउँपालिका-१ को वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी  दिएका नेत्रविक्रम चन्द समूहका भद्रकुमार झाँक्रीले उम्मेद्वारी फिर्ता लिएका छन्।

झाँक्रीले ३० कात्तिकमा वडाअध्यक्ष पदमा दिएको स्वतन्त्र तर्फको आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।

झाँक्रीले एकता थबाङको पहिचान भएकाले त्यसलाई कायम गर्न सहमतिको प्रयास गरेको तर असफल भएपछि  चुनाव नलड्ने निर्णयमा पुगेर उम्मेदवारी फिर्ता लिएको बताएका छन्।

उनी यसअघि १४ असार २०७४ मा भएको स्थानीय तह निर्वाचनमा सोही वडाको सदस्यमा स्वतन्त्रबाट निर्वाचित भएका थिए।

वडा अध्यक्षमा उम्मेद्वारी दिन उनले २६ कात्तिकमा गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीसमक्ष राजीनमा बुझाएका थिए। उनको राजीनामा स्वीकृत भइसकेको छ।

झाँक्रीको उम्मेदवारी फिर्तासँगै अब सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्ष नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।

थबाङ-१ को अध्यक्ष पदका लागि नेकपाको तर्फबाट जनक बुढामगर र कांग्रेसबाट  कमल रोका चुनावी मैदानमा छन्।

राससको सहयोगमा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्