काठमाडौं। पार्टी एकीकरण भएको ६ महिना बित्दा पनि पूर्वपञ्चहरू पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले नेतृत्त्व गरेको राप्रपा निर्वाचन आयोगमा दर्ता भएको छैन।
चुनाव चिन्ह टुङ्ग्याउन नसक्दा दल दर्ता हुन नसकेको हो। ‘हलो’ चुनाव चिन्हमा अध्यक्षमध्येका थापाले असहमति जनाउँदै आएका छन्। जसले गर्दा अझैसम्म चुनाव चिन्ह नटुङ्गिएको हो।
जबकि, पार्टी एकता प्रक्रियामा देखिएका विवादित विषयहरू टुङ्ग्याउन गठित कार्यदलले चुनाव चिन्ह ‘हलो’ राख्ने गरी छलफल गरेको थियो।
जुन कार्यदलमा थापानिकट नेताहरू दीपक बोहोरा, बुद्धिमान तामाङ र राजेन्द्र लिङदेन थिए। राणा-लोहनी निकट नेताहरू विक्रम पाण्डे, श्याम तिमिल्सिना र धु्रबबहादुर प्रधान थिए।
आफूनिकटका तीन जना नेताहरू सम्मिलित कार्यदलले चुनाव चिन्ह टुङ्ग्याए पनि थापालाई अमान्य भयो।
उनी चुनाव चिन्ह ‘गाई’ को पक्षमा थिए। तर, ठीक विपरीत चुनाव चिन्ह ‘हलो’ राख्ने कार्यदलमा सहमति जुटेपछि उनले ट्वीट गर्दै कार्यदलमा रहेका आफूनिकटका तीन जना नेतालाई ‘झाडीभित्र लुकेको सर्प’ को संज्ञा दिएका छन्।
त्यसपछि कार्यदलले प्रतिवेदन नै नबुझाई चुनाव चिन्हसहितको विवादित विषय टुङ्ग्याउने जिम्मा अध्यक्षत्रयलाई नै दिएको थियो।
थापाले ‘गाई’ चुनाव चिन्हलाई प्रतिष्ठाको विषय बनाउन चाहेको देखिन्छ। जबकि, अध्यक्षमध्येका राणा र लोहनीले नाम, विधान र झण्डा थापा नेतृत्त्वकै पुरानो दल राप्रपाको स्वीकारेका छन्। चुनाव चिन्हमात्रै राप्रपा संयुक्तको ‘हलो’ हुनुपर्ने भन्दै आएका छन्। दुवै जना यसअघि उक्त दलको नेतृत्त्वमा थिए।
फेरि, हालै चार सदस्यीय कार्यदल गठन गरिएको छ। जुन कार्यदलमा यसअघि रहेका आफूनिकटका नेताहरू दीपक बोहोरा र बुद्धिमान तामाङलाई थापाले हटाएका छन्। उनले निरञ्जन थापा कार्यदलमा राखेका छन्। र, राजेन्द्र लिङ्देनलाई निरन्तरता दिएका छन्।
राणा र लोहनी पक्षबाट श्याम तिमिल्सिना र विक्रम पाण्डे छन्। कार्यदलमा रहेका एक सदस्यका अनुसार कानुन पृष्ठभूमिका निरञ्जन थापालाई चुनाव चिन्हसहितको विवादित विषयहरू टुङ्ग्याउन सहमतिको मस्यौदा तयार गर्ने जिम्मा दिइएको थियो। थापाले ल्याउने भनेका थिए। तर, ल्याउन नसकेको ती सदस्यले देखापढीसँग बताए।
उनलाई मस्यौदा ल्याउन पनि अध्यक्ष थापाले रोकेको ती सदस्यको भनाइ छ। जसले गर्दा चुनाव चिन्हदेखिको विवादित विषयहरू नुटिङ्गिएको हो।

फेरि, अध्यक्ष थापाले निर्वाचन आयोगमा दल दर्ता आवश्यक नहुने पनि भन्दै आएका छन्। राप्रपा नामको दल आयोगमा यसअघि नै दर्ता भएको उनको तर्क छ। उनी पक्षीय नेता राजेन्द्र लिङ्देनले विधान, नाम र झण्डा पनि पुरानो राप्रपाकै भएपछि दल दर्ता आवश्यक नपर्ने बताउँदै आएका छन्।
अध्यक्ष थापाले निर्वाचन आयोगमा दल दर्ता आवश्यक छैन भन्नुको अन्तर्य भने अर्कै छ। २०७२ सालको असोज ३ गते जारी नेपालको संविधानको मर्मअनुसार निर्वाचन आयोगले दल दर्ता गर्छ। जसले संविधानले परिकल्पना नगरेको ‘राजतन्त्र’ र ‘हिन्दू राष्ट्र’ लाई मान्दैन।
यसअघि २०७३ चैत ४ गते निर्वाचन आयोगले राप्रपाको विधानबाट ‘राजतन्त्र’ र ‘हिन्दू राष्ट्र’ शब्द हटाइदिएको थियो। एकता महाधिवेशनले भने राजतन्त्र र हिन्दू राष्ट्रसहितको पार्टी विधान पारित गरेको थियो।
अहिले पनि अध्यक्ष थापाले विधानमा राजतन्त्र र हिन्दू राष्ट्रको अजेण्डा कायमै रहेको जिकिर गर्दै आएका छन्। जसले गर्दा गणतन्त्रलाई स्वीकारेका अध्यक्ष राणा-लोहनी तथा थापाबीच पार्टीको मूल सिद्धान्तमै मतभेद देखिएको छ।
यो सबै गतिविधि थापाले आफूलाई सच्चा हिन्दू राष्ट्रवादी र राजसंस्थावादी नेताको रूपमा प्रस्तुत गर्न खोजिएको रूपमा राणा-लोहनी पक्षले लिएको छ। राणा पक्षीय एक नेताले अनेकन बहाना बनाएर अध्यक्ष थापा आधारपत्रबाट बाहिर गएको बताए।
यसबीचमा थापाले आफूपक्षीय नेता तथा पूर्वराज्यमन्त्री सुशील श्रेष्ठलाई निर्वाचन आयोगमा पठाएका छन्। स्रोतका अनुसार आयोगमा पुरानै पार्टी विधान कार्यान्वयन गर्नेसम्बन्धी नेता श्रेष्ठले प्रस्ताव गरे। तर, आयोगले पार्टी एकीकरणपछि दल दर्ताको लागि नयाँ विधान चाहिने भनेपछि श्रेष्ठ फर्किए।

तत्कालीन राप्रपा संयुक्त र राप्रपाबीच गत वर्षको फागुन २४ गते एकीकरण गर्ने समझदारी भएको थियो। जसका लागि १० बुँदे आधारपत्रमा अध्यक्षत्रय राणा, लोहनी र थापाले हस्ताक्षर गरे। फागुनको २७ गते दुवै दलको केन्द्रीय कार्यसमिति बैठकले पार्टी एकीकरण गर्ने निर्णय गरेको थियो।
सोहीअनुसार फागुन २९ गते एकीकरण गरेको थियो। जतिबेला एक जना अध्यक्ष थापाले पार्टीलाई विभाजन हुन नदिने र बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने भन्दै हिन्दू धर्मग्रन्थ गीता छोएका थिए।
तर, पार्टीका केन्द्रीय सदस्य गोपी ढकालले एउटा लेखमार्फत पार्टी दर्ता गर्ने प्रक्रियामा अध्यक्ष थापा बाधक बनेको आशय प्रकट गर्दै हिन्दू धर्मग्रन्थ गीताको बद्नाम गरेको आरोप लगाएका छन्।
" /> काठमाडौं। पार्टी एकीकरण भएको ६ महिना बित्दा पनि पूर्वपञ्चहरू पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले नेतृत्त्व गरेको राप्रपा निर्वाचन आयोगमा दर्ता भएको छैन।चुनाव चिन्ह टुङ्ग्याउन नसक्दा दल दर्ता हुन नसकेको हो। ‘हलो’ चुनाव चिन्हमा अध्यक्षमध्येका थापाले असहमति जनाउँदै आएका छन्। जसले गर्दा अझैसम्म चुनाव चिन्ह नटुङ्गिएको हो।

">