काठमाडौं। पूर्वराष्ट्रपति डा. रामवरण यादवले भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जी नेपालको गणतन्त्र र शान्ति प्रक्रियाको सबैभन्दा बढी शुभचिन्तक भारतीय नेता भएको बताएका छन्।
मुखर्जीलाई श्रद्धाञ्जली अर्पण गर्न आज सानो पाइलाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै यादवले उनको मृत्युपछि नेपाल-भारत सम्बन्धमा शून्यता जस्तो छाएकोसमेत बताए। भारतीय पूर्वराष्ट्रपति मुखर्जीको केही दिनअघि कोरोना संक्रमणका कारण मृत्यु भएको थियो।
“नेपालमा गणतन्त्र र शान्ति स्थापनामा प्रणव दाको ठूलो नैतिक समर्थन थियो,” पूर्वराष्ट्रपति यादवले भने, “राष्ट्रपति हुनुभन्दा अघिदेखि उहाँको नेपालसँग गहिरो सम्बन्ध थियो। उहाँ नेपाल र नेपाली जनताको असल मित्र हुनुहुन्थ्यो। उहाँको निधनले नेपाल-भारत सम्बन्धमा शून्यता जस्तो छाएको छ।”
“जहिले पनि नेपालको गणतन्त्र र शान्ति प्रक्रियाले एउटो बाटो समाउँदा उहाँको आँखा चम्किलो देखिन्थ्यो,’’ पूर्वराष्ट्रपति यादवले मुखर्जीको सम्झना गरे।
नेपालमा भएका प्रत्येक संघर्षमा भारतीय जनताको सहयोग रहिआएको र भारतको स्वतन्त्रता आन्दोलनमा नेपालीको सयहोग रहेको उनले स्मरण गरे।

मुखर्जीको नेपालप्रति व्यक्तिगत लगाव रहेको उनले जनाए। आपूmले पनि अनौपचारिक कुराहरू बंगाली भाषामा मुखर्जीसँग गर्ने गरेको उनले बताए।
“नेपालको अद्वितीय हितैषी हुनुहन्थ्यो उहाँ। यो नेपालको लागि सौभाग्यो थियो। नेपाल र भारतबीच जन-जनबीचको सम्बन्ध झन् मजबुत बनाउनसके मुखर्जीप्रति सच्चा श्रद्धाञ्जली हुन्छ,” उनले भने।
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मुखर्जीसँग सन् १९९५ मा पहिलो भेट भएको बताए। २५ वर्ष अघिको भेटघाटलाई नेपालले सम्झे, “प्रणव दाको विनम्रता देखेर म अत्यन्तै प्रभावित भएको छु। नेपालको बारेमा उहाँ विज्ञ नै हो।” त्यसपछि पनि मुखर्जीसँग पटक-पटक भेटवार्ता भएको उनले स्मरण गरे।
“नेपालको संवेदनशीतला बुझ्ने थोरै भारतीय नेतामध्ये एक हुनुहुन्थ्यो प्रणव दा। नेपालसँग सम्बन्ध राम्रो बनाउने उहाँ बलियो खम्बा हुनुहुन्थ्यो,” नेपालले भने।
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले मुखर्जी यस क्षेत्रको मात्र होइन समकालीन पुस्ताको महान नेता भएको बताए। भट्टराईले मुखर्जीलाई राजनेतासमेत बताए।
“प्रणवजी नेपालको असल मित्र हुनुहुन्थ्यो। नेपालले एउटा असल मित्र गुमाएको छ,” भट्टराईले भने, “उहाँमा ज्ञानको गहनता थियो।”
नेपालको लोकतान्त्रिक आन्दोलनमा भारतीय सद्भाव गलत तरिकाले प्रस्तुत गरिएको बताउँदै उनले सही ढंगले यसलाई प्रस्तुत नगर्दा दुवै देशबीच तिक्तता बढ्ने जनाए।
“राजनीतिक तहबाट जोखिम उठाएर सम्झौता गर्नुपर्छ। उच्च तहको राजनीतिक समझदारी चाहिन्छ ईपीजी, सीमा विवाद सुल्झाउन। मुखर्जीले जटिल कुरालाई निष्कर्षमा पुर्याउन सामर्थ राख्नुहुन्थ्यो। तर उहाँ रहनुभएन।”
“नेपालीकै पहलमा सुरू भएको १२ बुँदे सहमतिमा भारतको सद्भाव थियो, तर भारतले गरेको होइन। धेरैले यो भारतले गरेको भन्छन्, यो सत्य होइन। भारतलाई विश्वासमा लिनुपर्छ र यो परिवर्तनको स्वामित्व नेपालीले लिनुपर्छ भन्ने थियो। यो बुझाउनमा मुखर्जीको योगदान थियो। मुखर्जीले वामपन्थी र गैरवापन्थीको शब्दावली बुझ्नुहुन्थ्यो। यसले पनि भूमिका खेल्यो होला भन्ने लाग्छ। उहाँ सही मानेमा राजनेता हुनुहुन्थ्यो,” पूर्वप्रधानमन्त्री भट्टराईले भने।
मुखर्जी जस्तो नेपाललाई बुझ्ने नेता नहुँदा सीमा विवादजस्ता समस्या समाधान गर्न कठिन हुने उनले जनाए। भट्टराईले भने, “राजनीतिक तहबाट जोखिम उठाएर सम्झौता गर्नुपर्छ। उच्च तहको राजनीतिक समझदारी चाहिन्छ ईपीजी, सीमा विवाद सुल्झाउन। मुखर्जीले जटिल कुरालाई निष्कर्षमा पुर्याउन सामर्थ राख्नुहुन्थ्यो। तर उहाँ रहनुभएन।”
पूर्वपरराष्ट्रमन्त्री तथा जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले मुखर्जीलाई एक दूरदर्शी नेताको रूपमा सम्झिए। “नेपालसँग भावनात्मक रूपमा जोडिनुभएको, नेपाललाई असाध्यै माया गर्ने मित्र हुनुहुन्थ्यो। भारतको समकालीन नेतृत्त्वभन्दा अब्बल दर्जाको नेता हुनुहुन्थ्यो,” यादवले भने।
नेपाली कांग्रेसका नेता प्रदीप गिरीले मुखर्जी दुवै देशको संवेदनशीलता बुझी चित्त नदुखाई काम गर्नसक्ने नेता भएको बताए। “उहाँ उच्च कोटीको राजनेता हो। उहाँको यो कलाबाट धेरै सिक्नेछन्। उहाँमा यस्तो जानकारी हुन्थ्यो, म छक्क पर्थें। यस किसिमको व्यक्ति आजको नेपाललाई चाहिएको छ,” गिरीले भने।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पनि मुखर्जी लगायतका भारतीय नेताको समर्थनका कारण नेपालको लोकतान्त्रिक आन्दोलन निष्कर्षमा पुगेको बताए।
‘मुखर्जीले नेपालका राजनीतिक दलका धेरै नेतालाई नामले चिन्नुहुन्थ्यो। यसले दुई देशबीचको नीति निर्माणमा धेरै ठूलो अर्थ राख्छ। कंग्रेस आईमा एकदमै कम नेता छन् जसले नेपाली नेताहरूलाई नामले चिन्छन्,” निधिले भने।
“मुखर्जी रक्षामन्त्री हुँदा नेपालमा लोकतान्त्रिक आन्दोलन चर्केको थियो। मुखर्जीले भारतीय सेना प्रमुखलाई बोलाएर नेपालको सेना प्रमुखलाई सन्देश पठाएका थिए। सन्देशमा उनले दलहरूले जे मस्यौदा तयार पार्छन्, त्यसलाई स्वीकार्न भनिएको थियो। राजाले त्यो स्वीकारे। अहिले संविधान बनेको छ, यो सफलताको पछि मुखर्जीको पनि हात रहेको छ,” निधिले बताए।
नेपाली कांग्रेसका अर्का नेता शेखर कोइरालाले मुखर्जीको निधन हुँदा नेपालले पनि ठूलो नेता गुमाएको बताए। “नेपालमा शान्ति आओस भन्ने उहाँको चाहना थियो,” उनले भने।
" /> काठमाडौं। पूर्वराष्ट्रपति डा. रामवरण यादवले भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जी नेपालको गणतन्त्र र शान्ति प्रक्रियाको सबैभन्दा बढी शुभचिन्तक भारतीय नेता भएको बताएका छन्।“जहिले पनि नेपालको गणतन्त्र र शान्ति प्रक्रियाले एउटो बाटो समाउँदा उहाँको आँखा चम्किलो देखिन्थ्यो,’’ पूर्वराष्ट्रपति यादवले मुखर्जीको सम्झना गरे।

">