डा. लोहनीले पार्टी एकताबारे भ्रम सिर्जना गर्न खोजे : अध्यक्ष थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एकजना अध्यक्ष कमल थापाले अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टी एकताबारे एकपक्षीयरूपमा भ्रम सिर्जना गर्न खोजेको आरोप लगाएका छन्।

जुन पार्टी एकताको भावनाविपरीत रहेको थापाले बताएका हुन्।

ट्वीट गर्दै अध्यक्ष थापाले डा. लोहनीको अभिव्यक्तिलाई एकता खल्बल्याउने मनशायबाट अभिप्रेरित रहेको टिप्पणी गरेका छन्।

डा. लोहनीले एक टेलिभिजनसँगकाे अन्तर्वार्तामा व्यक्त गरेको अभिव्यक्तिपछि अध्यक्ष थापाको प्रतिक्रिया आएको हो।

डा. लोहनीले के भनेका थिए?

राजसंस्थाको बारेमा एउटा इक्वेएजन/फर्मुलामा जानुपर्छ। राजसंस्थालाई नेपालमा कसरी उपयोग गर्ने ? राजसंस्थालाई कसरी राख्ने भन्ने बारेमा जानुपर्छ। र, त्यो (राजसंस्था) मा जानुपर्छ भन्नेमा हामी छौं।

अहिले म राप्रपामै छु। तर, राप्रपा संयुक्तमा पनि छु। किनभने हाम्रो पार्टी वैधानिकरूपमा एकीकरण भइसकेको छैन अहिलेसम्म।

दुई पार्टी कानुनीरूपमा छुट्टाछुट्टै छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्