काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीभित्रको विवादका बारेमा सार्वजनिक टिकाटिप्पणी नगर्न आग्रह गरेका छन्।
थापा नेतृत्वको राप्रपा तथा पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी नेतृत्वकाे राप्रपा संयुक्तबीचको एकतामा सकस परिरहेको बेला उनले सो आग्रह गरेका हुन्।
“धर्म र संस्कृतिविरुद्धको आक्रमण, ब्रम्हलुट र सर्वसत्तावाद परास्त गरी समृद्ध नेपाल बनाउन देशले वैकल्पिक विचार बोकेको शक्ति खोजेको छ,” थापाको आग्रह छ, “यही आवश्यकता पूरा गर्न राप्रपाको एकता भएको हो। मतभेद र चित्त नबुझेका कुरा सहमतिबाट टुंग्याउन सकिन्छ, सार्वजनिक बहसको विषय नबनाऔं।”
राप्रपा समूहबीच एकीकरण हुने भनिए पनि पार्टी विधानमा राजसंस्थालगायतका विषय उल्लेख गर्ने कि नगर्ने भन्ने सबालमा सहमति हुन नसक्दा एकीकरण सकसमा परेको छ।
" /> काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीभित्रको विवादका बारेमा सार्वजनिक टिकाटिप्पणी नगर्न आग्रह गरेका छन्।थापा नेतृत्वको राप्रपा तथा पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी नेतृत्वकाे राप्रपा संयुक्तबीचको एकतामा सकस परिरहेको बेला उनले सो आग्रह गरेका हुन्।

">