चिनियाँ उपविदेशमन्त्री-राजदूत पाण्डेबीच भेट: केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गरिने

काठमाडौं। चीनले कोरोना महामारी नियन्त्रणमा आएसँगै केरुङ हुँदै रसुवागढीबाट काठमाडौंसम्म जोड्ने अन्तरदेशीय रेल सेवाको सम्भाव्यता अध्ययन गर्ने जनाएको छ।

बेइजिङमा आज चिनियाँ उप-विदेशमन्त्री लिउ झोहुई र चीनका लागि नेपाली राजदूत महेन्द्र पाण्डेबीच भएको भेटवार्तामा लिउले उक्त कुरा बताएका हुन्।

“हामीले केरुङ-काठमाडौं रेल मार्ग निर्माणलाई उच्च प्राथमिकतामा राखेका छौं। रेल मार्गको पूर्व सम्भाव्यता अध्ययन सकिएको छ,” भेटवार्तामा चिनियाँ उप-विदेशमन्त्री लिउको भनाई उद्वृत गर्दै बेईजिङ स्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशील कुमार लम्सालले देखापढीसँग भने, “अहिले कोरोना महामारीका कारण फिल्डमा जान सक्ने अवस्था छैन। महामारी नियन्त्रण आएसँगै हामी रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्नेछौं।”

रेलमार्ग निर्माण कार्य चीनको मध्यकालिन र दिर्घकालिन परियोजना भएको उनले बताएका थिए। रेलमार्ग निर्माण गरिने भनिएको स्थानको भू–वनोट र अवस्थीका कारण पनि यो परियोजना सुरु र सम्पन्न गर्न समय लाग्ने उनले जनाएका थिए।

“चीनले रेलमार्गको लागि आवश्यक पर्ने प्राविधिज्ञहरु देश भित्रै विकास गर्न पनि सुझाएको छ,” लम्सालले बताए। रेलमार्गको लागि आवश्यक जनशक्ति तयार पार्न चीनले नेपाली युवा विद्यार्थीहरुलाई रेलसम्बन्धी तालिम र अध्ययनको व्यवस्था गर्न सुरु गरिसकेको छ। दुई देशका रेलवे निकायबीच पनि संयन्त्र गठन भई निरन्तर परामर्श भइरहेको छ।

भेटवार्तामा मुख्यतय तीन मुद्दामा केन्द्रित भई छलफल भएको थियो– कोरोना महामारी नियन्त्रण, उच्चस्तरीय भएका सन्धी-सम्झौताको कार्यान्वयन र अन्तर्राष्ट्रिय मुद्दामा सहकार्य।

राजदूत पाण्डेले छलफलमा केरुङ-काठमाडौं रेलमार्ग, टोखा–छहरे सुरुङमार्ग, मदनभण्डारी विश्वविद्यालय, कोरोना नियन्त्रण, तातोपानी र रसुवागढी नाका लगायतका मुद्दा उठान गरेका थिए।

“राजदूतज्यूले आंशिक रुपमा चलिरहेका तातोपानी र रसुवागढी–केरुङ नाकालाई पूर्ण रुपमा सञ्चालन ल्याउन आग्रह गनुभएको थियो,” लम्सालले बताए।

जवाफमा चिनियाँ उप–विदेशमन्त्रीले कोरोना महामारी नियन्त्रणमा आइनसकेकोले पूर्ण रुपमा खोल्दा महामारी फैलन सक्ने जनाउँदै आवश्यक सतर्कता अपनाई पूर्ण रुपमा खोल्न सकिने बताएका थिए।

कोरोना महामारीका कारण नेपाल फर्केका चीनमा अध्ययनरत नेपाली विद्यार्थीको पढाईलाई कसरी निरन्तरता दिन सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो।

क्षेत्रिय तथा अन्तर्राष्ट्रिय फोरमहरुमा एक–अर्कालाई सहयोग गरी अघि बढ्ने विषयमा पनि भेटमा छलफल भएको उनले जनाए।

प्रतिक्रिया दिनुहोस्