काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जिल्ला अध्यक्षहरूसँग भर्चुअल कुराकानी गरेका छन्।
अध्यक्ष थापाले पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको आन्तरिक अवस्था एवं भावी कार्ययोजना, कोरोनाको प्रभाव र पार्टी एकताको विषयमा अध्यक्षहरूसँग कुरा गरेका हुन्।
राप्रपाको अजेण्डाको आवश्यकता र औचित्य मुलुकमा दिनदिनै बढिरहेकोले त्यसलाई जनताबाट अनुमोदित गराउन संगठन निर्माणमा केन्द्रित हुन थापाले जोड दिएका छन्।
प्रजातन्त्रको सौन्दर्य फरक विचार भएकोले प्रजातन्त्रलाई मजवुद बनाउनको निमित्त फरक विचार बोक्ने शक्ति बलियो हुनुपर्ने आवश्यकता औंल्याउदै अध्यक्ष थापाले राप्रपालाई शसक्त राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रूपमा रुपान्तरण गर्नुपर्ने बताएका छन्।
भर्चुअल बैठकमा ५१ जिल्लाका अध्यक्षहरू सहभागी भएका केन्द्रीय सचिवालय सदस्य राजाराम वर्तौलाले जानकारी दिए।
" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जिल्ला अध्यक्षहरूसँग भर्चुअल कुराकानी गरेका छन्।अध्यक्ष थापाले पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको आन्तरिक अवस्था एवं भावी कार्ययोजना, कोरोनाको प्रभाव र पार्टी एकताको विषयमा अध्यक्षहरूसँग कुरा गरेका हुन्।

">