काठमाडौं। साझा पार्टीले डा. गोविन्द केसीका जनमुखी माग र उनको स्वास्थ्य अवस्थाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
“यसअघिका अन्य सत्याग्रहमा धेरै दिनसम्म स्वस्थ देखिने डा. केसीको स्वास्थ्य यो पटक सत्याग्रहको पाँचौ दिनमै नाजुक बन्दै गएको चिकित्सकहरूले बताएका छन्। उनलाई तुरून्तै सुविधा सम्पन्न अस्पतालमा स्थानान्तरण गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ,” साझाले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “तसर्थ, डा. केसीका जनमुखी माग र उनको स्वास्थ्य अवस्थाबारे हामी सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ।”
केसीले स्वास्थ्य, शिक्षा तथा सेवामा सुधारको माग गर्दै आमरण अनसन बसेको आज पाँच दिन पुगेको छ। स्वास्थ्य, शिक्षा तथा सेवामा हरेक नागरिकको समान पहुँचको सुनिश्चितताको माग राख्दै डा. केसी जुम्लाको रानीचौरस्थित बाबिरामष्ट मन्दिर परिसरमा अनसन बसिरहेका छन्।
डा. केसीले समतामूलक, भ्रष्टाचाररहित र न्यायपूर्ण समाजका लागि अनसन बसेको साझाले जनाएको छ।
“सामान्य अवस्था होस् या अहिले कोभिड–१९ को असामान्य अवस्था, सरकार भ्रष्टाचार, नातावाद र कृपावादमा मात्र होइन लोकतन्त्र र संविधानकै धज्जी उडाउने गरी चोर बाटोबाट नियुक्ति र मनोनयन गर्नमा व्यस्त छ,” साझाले भनेको छ।
" /> काठमाडौं। साझा पार्टीले डा. गोविन्द केसीका जनमुखी माग र उनको स्वास्थ्य अवस्थाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।“यसअघिका अन्य सत्याग्रहमा धेरै दिनसम्म स्वस्थ देखिने डा. केसीको स्वास्थ्य यो पटक सत्याग्रहको पाँचौ दिनमै नाजुक बन्दै गएको चिकित्सकहरूले बताएका छन्। उनलाई तुरून्तै सुविधा सम्पन्न अस्पतालमा स्थानान्तरण गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ,” साझाले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “तसर्थ, डा. केसीका जनमुखी माग र उनको स्वास्थ्य अवस्थाबारे हामी सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ।”

">