काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले 'संघीय लोकतान्त्रिक गणतन्त्र' नेपाली जनताले लिएको ऐतिहासिक निर्णय भएको बताएका छन्।
संविधान दिवसको अवसरमा काठमाडौंस्थित सैनिकमञ्चमा आयोजित समारोहमा देशवासीका नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब यसलाई इमान्दारीपूर्वक सवल बनाउन लाग्नु हामी सबैको कर्तव्य भउको बताए।
"यस बीचमा नेपालको राजनीतिमा अस्थिरता ल्याउने योजनाबद्ध प्रयासहरु पनि तीब्रताका साथ भए। ती प्रयासलाई परास्त गरेर हामी नेपालीले फेरि स्थिरता र स्थायित्वलाई सुनिश्चित गरेका छौं," प्रधानमन्त्रीले भने, "पोहोर साल यो संविधान र व्यवस्थाको मात्रै होइन, राष्ट्रिय अखण्डताकै विकल्प खोज्छु भन्ने शक्ति निःशर्त राजनीतिक मूलधारमा समावेश भयो।"
“हाम्रो संविधान सबै अट्ने गतिशील दस्तावेज हो। यसैलाई मियो मानी सबै दल/समूहहरू राष्ट्रिय मूलधारमा सामेल भई सिर्जनशील र रचनात्मक ढंगले क्रियाशील होऔं। आशंका वा अस्पष्टताहरु छन् भने संवादको माध्यमबाट तिनलाई हटाउन सरकार सदैव तयार रहेको कुरा म पुनः स्पष्ट गर्न चाहन्छु।”
संविधानका कुनै धारा र दफाहरूले कहीँकतै हाम्रो अधिकार ओझेल पारे भन्ने बुझाइमा कोही भए औचित्य र आवश्यकताको आधारमा समयक्रममा सच्याउने आफूले पटक-पटक भन्दै आएको प्रधानमन्त्री ओलीले स्मरण गरेका छन्।
केही समयअघि सर्वसम्मतिले गरिएको संविधान संशोधनबाट त्यसको पुष्टि भएको प्रधानमन्त्रीको भनाइ छ।
सम्बोधनमा प्रधानमन्त्रीले भने- “हाम्रो संविधान सबै अट्ने गतिशील दस्तावेज हो। यसैलाई मियो मानी सबै दल/समूहहरू राष्ट्रिय मूलधारमा सामेल भई सिर्जनशील र रचनात्मक ढंगले क्रियाशील होऔं। आशंका वा अस्पष्टताहरु छन् भने संवादको माध्यमबाट तिनलाई हटाउन सरकार सदैव तयार रहेको कुरा म पुनः स्पष्ट गर्न चाहन्छु।”
प्रधानमन्त्री ओलीले महामारीपछि विश्वका धेरै मुलुकमा आर्थिक वृद्धिदर नकारात्मक हुँदा पनि हाम्रो सकारात्मक भएको उल्लेख गरे। विगत तीन बर्षदेखि देशको अर्थतन्त्रले उच्च आर्थिक वृद्धिदरले समातेको लयसँगै मानव विकासका महत्वपूर्ण सूचकांकमा नेपालले उल्लेख्य सुधार गरेको उनले स्मरण गरेका छन्।
"अहिले कोभिड-१९ का कारण यस प्रतिकूल अवस्थाको छिट्टै अन्त्य गर्ने छौं र परिस्थितिलाई अनुकूल बनाउने छौं", प्रधानमन्त्रीले भने। प्रधानमन्त्रीले सरकारले महामारीलाई चुनौतीका रूपमा मात्रै नभई अवसरको रूपमा समेत उपयोग गरेको बताए।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले 'संघीय लोकतान्त्रिक गणतन्त्र' नेपाली जनताले लिएको ऐतिहासिक निर्णय भएको बताएका छन्।संविधान दिवसको अवसरमा काठमाडौंस्थित सैनिकमञ्चमा आयोजित समारोहमा देशवासीका नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब यसलाई इमान्दारीपूर्वक सवल बनाउन लाग्नु हामी सबैको कर्तव्य भउको बताए।

">