काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरू भएको छ।
पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा केहीबेरअघिबाट बैठक शुरू भएको हो। बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित छन्।
"अहिले बैठक जारी छ, प्रधानमन्त्रीज्यू पनि आउनुभएको छ", नेकपा अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा 'जुगल' ले बताए।
नेकपा सचिवालय बैठक यसअघि २ असोजमा बोलाइएकोमा हिजो परेको संविधान दिवस मनाउन प्रधानमन्त्रीलगायतको व्यस्तताका कारण बैठक आजलाई सारिएको थियो।
प्रचण्डले कार्यकारी अध्यक्षको अधिकार प्रयोगको जिम्मेवारी दिइएसँगै पहिलोपटक पेरिसडाँडामा बैठक बसेको हो।
यसअघि प्रधानमन्त्री निवास बालुवाटार र केही बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्दै आएको थियो।
सीमा विवाद समाधान, एमसीसी, पार्टीको महाधिवेशन, कोरोना महामारी रोकथाम तथा नियन्त्रणलगायतका २६ भदौमा सम्पन्न स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयनका लागि छलफल सचिवालय बैठकको मूख्य अजेण्डा रहेको बताइएको छ।
" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरू भएको छ।पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा केहीबेरअघिबाट बैठक शुरू भएको हो। बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित छन्।

">