काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पेरिसडाँडामा जारी सचिवालय बैठक क्षेत्रबाट बालिका खड्का पक्राउ परेकी छिन्। बैठक कक्षमा जबर्जस्ती प्रवेश गर्न खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। 'नेताहरूलाई भेट्न जान्छु' भन्दै बैठकस्थलमा प्रवेश गर्न खोज्दा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
“अहिले होइन, भरे बैठक सकेपछि भेट्नुहोला भन्यौं तर, उहाँ अहिले नै नेताहरूलाई भेट्नु छ भन्दै अगाडि बढेपछि नियन्त्रणमा लिएका हौं,” परिसर प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौले बताए।
बालिकालाई अहिले महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखिएको छ। उनले केही दिन अगाडि मात्रै जिल्ला अदालत काठमाडौंबाट १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईविरुद्ध लगाएको अंश दाबी मुद्दा फिर्ता लिएकी थिइन्।
उनले आफू मुख्यमन्त्री शेरधन राईको पत्नी भएको दाबी पनि गर्दै आएकी थिइन्। दोलखा निवासी बालिका नेकपा कार्यकर्ता भनिएको छ।
" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पेरिसडाँडामा जारी सचिवालय बैठक क्षेत्रबाट बालिका खड्का पक्राउ परेकी छिन्। बैठक कक्षमा जबर्जस्ती प्रवेश गर्न खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। 'नेताहरूलाई भेट्न जान्छु' भन्दै बैठकस्थलमा प्रवेश गर्न खोज्दा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।“अहिले होइन, भरे बैठक सकेपछि भेट्नुहोला भन्यौं तर, उहाँ अहिले नै नेताहरूलाई भेट्नु छ भन्दै अगाडि बढेपछि नियन्त्रणमा लिएका हौं,” परिसर प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौले बताए।

">