मन्त्रिमण्डल पुनर्गठन हुने, सचिवालयले मापदण्ड बनाउने
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने बारेमा छलफल प्रारम्भ गरेको छ।

पेरिसडाँडास्थित नेकपा कार्यालयमा पहिलो पटक बसेको नेकपा सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठनको विषयलाई पहिलो कार्यसूची बनाएर छलफल सुरु गरेको छ ।

आइतबारदेखि सुरु भएको सचिवालयको पहिलो बैठकले चार वटा कार्यसूची तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

"अब मन्त्रीपरिषदको पुनर्गठन गर्दा स्थायी कमिटीको निर्णय अनुसार गर्नेछौं, त्यसैका बारेमा पहिलो कार्यसूची बनाएर छलफल भएको छ," प्रवक्ता श्रेष्ठले भने, "सो बारेमा विभिन्न कोणवाट नीतिगत रुपमा मात्रै सुझाव दिने काम भएको छ, व्यक्तिहरुको नामको सन्दर्भमा प्रवेश भने अझै गरेका छैनौं।"

बैठकमा व्यक्तिको नाम तोकेर मन्त्रिमण्डल पुनर्गठनका बारेमा छलफल भने प्रारम्भ भएको छैन, यद्यपि त्यसबारे भोलि पनि छलफल हुने उनले जानकारी दिए।

त्यसैगरी, संवैधानिक र राजनीतिक नियुक्तिका बारेमा सरकारलाई निर्णय गर्न सजिलो होस भन्ने उद्देश्यसहित सचिवालयले आधारहरु तय गर्ने विषय पनि दोस्रो कार्यसूचीमा राखिएको छ भने पार्टी एकीकरणमा बाँकी रहेका सांगठनिक बिषयलाई पनि छलफलको अजेन्डा बनाइएको छ।

उता, चौथो कार्यसूचीमा विविध राखिए पनि उपाध्यक्ष वामदेव गौतमको नेतृत्वको सांगठनिक विभागको प्रस्तावमा पनि छलफल सुरु भएको छ।

"केन्द्रीय कमिटी र स्थायी कमिटीका रिक्त पदको चाँडै पदपूर्ति गर्ने, यसअघि गरिएका कारबाहीका बारेमा छलफल गर्ने पनि कार्यसूचीमा राखिएको छ," श्रेष्ठले अगाडि भने, ‘केन्द्रीय सदस्यहरुलाई नियमित रूपमा आर्थिक सहयोग गर्ने देखि पूर्णकालीन कार्यकर्तालाई कुनै न कुनै रूपमा आर्थिक सहयोग दिने बारेमा छलफल हुनेछ।"

उनका अनुसार प्रदेश, जिल्ला र त्यो भन्दा तल्ला कमिटीका पूर्णकालीनहरूलाई सबन्धित कमिटीले नै आवश्यक निर्णय लिन सक्ने अधिकार प्रत्योजन गरिएको छ।

कोभिड-१९ ले देश आक्रान्त परेको बेला संघीय संसदहरुले लिँदै आएको बैठक भत्ता कोषमा जम्मा गर्ने बारेमा पनि बैठकमा छलफल भएको श्रेष्ठले जानकारी दिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्