प्रदेश सरकारसँग स्रोत र साधनको अभाव छैनः मुख्यमन्त्री राई

भोजपुुर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको विकासको लागि प्रदेश सरकारसँग पर्याप्त स्रोत र साधन रहेको बताएका छन्।

भोजपुरको पिखुवा खोलामा पक्की पुल र भोजपुर रंगशालाको शिलान्यास गर्दै मुख्यमन्त्री राईले भने, “हामीसँग बजेटको अभाव छैन तर थालिएका काम गुणस्तरीय रूपमा सम्पन्न गराउनु चुनौती बनेको छ।”

मुख्यमन्त्री राईले प्रदेश र संघीय सरकारमार्फत सञ्चालन हुने आयोजनाहरूहरुको निगरानी गरिदिन स्थानीय सरकारलाई आग्रह गरेका छन्।

भोजपुर नगरपालिका र राप्रसादराई गाउँपालिकाको मानेभञ्याङ जोड्ने पिखुवा खोलाको पुल र भोजपुर रंगशालाको मुख्यमन्त्री राई र संघीय सांसद सुदन किराँतीले १ मंसीरमा संयुक्त शिलान्यास गरेका छन्।

पिखुवा खोलाको मोटरेबल पुल करीब छ करोड रूपैयाँ लागतको छ। रंगशालामा १४ करोड पाँच लाख रूपैयाँ खर्च गरिनेछ।

पूर्वाधार कार्यालय, भोजपुरका प्रमुख राजनराज रेड्डीले पिखुवा खोलाको पुल २०७८ साल र रंगशाला २०८० सालसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए।

मुख्यमन्त्री राईले गृह जिल्ला भोजपुरलाई नमूना बनाउने गरी काम गरिरहेको बताउँदै आफ्नो कार्यकालमा १३ वटा पक्की पुल निर्माण गर्ने योजना सुनाए।