काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १३औं महाधिवेशनका लागि चयन भएका प्रतिनिधिमार्फत नै नयाँ नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव गरेका छन्।
७-८ फागुनका लागि निर्धारित १४ औं महाधिवेशन सम्पन्न हुने अवस्था नभएको खण्डमा अघिल्लै महाधिवेशन प्रतिनिधिलाई आधिकारिक मानेर विशेष महाधिवेशन गर्नुपर्ने पौडेलको धारणा छ।
'विभिन्न कारणले १४ औं महाधिवेशन नहुने अवस्था सिर्जना हुँदै छ, म्याद सकिएपछि पार्टीमा को सभापति बनाउने त ? कसलाई मान्ने भन्ने प्रश्न उठछ ? त्यो अवस्था आउन दिनुहुन्न्’ पौडेलेको प्रस्ताव छ, ‘बरु १३ औं महाधिवेशनकै प्रतिनिधिहरुलाई कायम गरेर भए पनि विशेष महाधिवेशन समयमा नै गरौं ।’
प्रस्तावित मितिमा महाधिवेशन नहुने खण्डमा पार्टीलाई विधि र पद्धति अनुसार चलाउनका लागि उक्त प्रस्ताव गरेको पौडेलले बताएका छन्।
कांग्रेसको आसन्न महाधिवेशनका लागि प्रतिनिधि अझै चयन हुन सकेको छैन। क्रियाशील सदस्यताको टुंगो र पार्टी एकताको समायोजन पनि अझै नटुंगिएकाले महाधिवेशन थप अन्योलमा परेको छ।
महाधिवेशन आउन ५ महीना बाँकी रहँदा पनि क्रियाशील सदस्यता र समायोजन नटुंगिएको भन्दै पौडेलले विशेष महाधिवेसनको प्रस्ताव अघि सारेका हुन। सो बारेमा केन्द्रीय समिति बैठकमा पनि छलफल चलाउने पौडेलले नेता/कार्यकर्तालाई जानकारी गराइसकेका छन्।
सुदूरपश्चिमका नेता तथा कार्यकर्ताहरूसँग भएको भर्चुअल मिटिङमासमेत उक्त प्रस्ताव गरेर छलफल अघि बढाएको पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले बताए ।
"उहाँले यदि पार्टी संस्थापन पक्ष चुनाव नगराउने प्रपन्च रचेर अगाडी बड्छ भने पुरानो महाधिवेशन प्रतिनिधिबाट भए पनि विशेष महाधिवेशन बोलाउन सकिन्छ भन्नुभएको छ’ अधिकारीले देखापढीसँग भने, "यो प्रस्ताव मात्रै हो, थप केही होइन।’
" /> काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १३औं महाधिवेशनका लागि चयन भएका प्रतिनिधिमार्फत नै नयाँ नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव गरेका छन्।७-८ फागुनका लागि निर्धारित १४ औं महाधिवेशन सम्पन्न हुने अवस्था नभएको खण्डमा अघिल्लै महाधिवेशन प्रतिनिधिलाई आधिकारिक मानेर विशेष महाधिवेशन गर्नुपर्ने पौडेलको धारणा छ।

">