काठमाडौं। ‘छिमेक पहिलो’ विदेश नीति अँगालेको भारतले पछिल्ला केही महिना यता नेपालको बेवास्ता गर्दै अन्य छिमेकी राष्ट्रसँग सम्वाद बढाउन लागेको छ।
नेपालले सीमा विवाद सुल्झाउन वार्ताको लागि पटक-पटक अनुरोध गरेपनि भारतले बेवास्ता गर्दै आएको छ। नेपालले गरेको वार्ताको अनुरोधलाई कोरोना महामारी देखाउँदै पन्छिँदै आएको भारतले अन्य छिमेकीहरुसँग भने संवादको ढोकाहरु खुला राखेको छ।
अन्य छिमेकीसँग संवादको लागि आफै कदम अघि बढाएर नेपाललाई चिढाउने कामसमेत गरेको छ। भारतीय दैनिक अखबार टाइम्स अफ इण्डियाका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेसँग यही असोज १० गते शनिबारका दिन भर्चुअल बैठक गर्दैछन्।
केही साता अघि सम्मपन्न निर्वाचनमा राजापाक्षेको पार्टीले निर्वाचनमा महुपत ल्याएपछि मोदीले उनीसँग पहिलो पटक सम्वाद गर्न लागेका हुन्। भारतीय मिडियाका अनुसार यो भारतकै अग्रहसरतामा हुन लागेको सम्वाद हो।
भारतीय प्रधानमन्त्री मोदीले संयुक्त राष्ट्रसंघको ७५औं महाशभालाई भर्चुअल सम्बोधन गर्नुअघि राजापाक्षेसँग कुराकानी गर्न लागेका हुन्। श्रीलंकासँग मात्र होइन भारतले केही दिन भित्रै माल्दिभ्स, बंगलादेश, अफगानिस्तान, म्यानमार लगायतका छिमेकीसँग उच्चस्तरीय वार्ताहरु गर्दैछ।
“चाखलाग्दो कुरा के छ भने नेपालसँग सम्वाद गर्न भारतले अहिलेसम्म कुनै योजना बनाएको छैन,” टाईम्स अफ इण्डियाले आफ्नो समाचारमा लेखेको छ।
गत वर्ष २०७६ सालको कार्तिक देखि नेपाल र भारतबीच गम्भिर वार्ता हुन सकेको छैन। भारतले २०७६ कार्तिक १६ गते नयाँ राजनीतिक नक्सा जारी गरेपछि दुई देशबीचको सम्बन्धमा तित्तता बढेको हो।
भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमी कालापानी, लिपुलेख र लिम्पियाधुरा भारत तर्फ पारिएको थियो। यसप्रति नेपाल सरकारले आपत्ति जनाउँदै कूटनीतिक नोट (विरोधपत्र) पठायो। तर भारतले सुनेको नसुनैझै गर्यो।
भारतका रक्षा मन्त्री राजनाथ सिंहले २०७७ वैशाख २६ गते कालापानीबाट लिपुलेखहुँदै चीनको मानसरोवर जाने लिंक रोडको उद्घाटन गरेपछि सम्बन्धमा झन् तनाव बढेको थियो। नेपालले फेरी विरोधपत्र पठायो, भारतले बेवास्था गरिरर्यो।
नेपालले सीमा विवाद समाधान गर्न वार्ताको लागि भारतलाई पटक पटक पत्र पठायो। तर भारतले जवाफ दिएन। कोरोना महामारीका बेला भारत सरकारका मन्त्री बिभिन्न देशको भ्रमण गरिरहेका छन्, नेपालसँग सीमा वार्ता गर्न भने कोरोनाका कारण ‘अहिले मिल्दैन’ भनिरहेका छन्।
भारतले वार्ताको कुनै संकेत नगरेपछि नेपाल २०७७ जेठ ७ गते कालापानि, लिपुलेख र लिम्पियाधुरा समेटेर नेपालको नयाँ राजनीतिक नक्सा जारी गर्ने निर्णय गरेको थियो। २०७७ असार २९ भानुजयन्तीका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले बिभिन्न अध्ययनले राम भारतको अयोध्यामा नभई नेपालको ठोरी नजिक जन्मेको देखाएको दाबी गरेपछि दुई देश सम्बन्ध झन् बिग्रेको थियो।
भारत र नेपालबीच लामो समय सम्वाद हुन नसकेपछि अगष्ट १५ अथार्त भारतको स्वतन्त्रता दवसको दिन प्रधानमन्त्री ओलीले भारतीय समकक्षिलाई फोन गरी सम्वादको ढोका उघारेका थिए। त्यसको भोलिपल्ट नेपाल–भारत अनुगमन संयन्त्रको भर्चुअल बैठक काठमाडौंमा बस्यो।
केही दिन अघि मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यसँग भेट गरे। तर, संविधान दिवस तथा राष्ट्रिय दिवसको दिन असोज ३ गते भारतीय प्रधानमन्त्रीको फोन प्रधानमन्त्री ओलीले पाएनन्।
टाईम्स अफ इण्डियाले यही महिनामो अन्तमा भारत र बंगलादेशबीच परामर्श संयन्त्रको बैठक बस्ने जनाएको छ, जहाँ भारतीय विदेशमन्त्री एस. जयशंकर सहभागी हुनेछन्। भारतीय विदेश सचिव हर्ष श्रृंगलाले छिट्टै म्यानमारको भ्रमण गर्ने जनाइएको छ। अफगानिस्तानसँग भारत निरन्तर सम्वादमा बसेको छ।
आइतबार मात्र भारतले माल्दिभ्सलाई २५ करोड अमेरिकी डलर आर्थिक सहायता उपलब्ध गरेको छ। माल्दिभ्सले कोरोना महामारी विरुद्ध लडन् सहयोग मागेपछि भारतले उक्त रकम उपलब्ध गरेको हो। आफ्नै अग्रसरतामा सबै छिमेकीसँग उच्चस्तरीय संवाद अघि बढाइरहेको भारतले नेपाललाई वास्ता गरेको छैन।
" /> काठमाडौं। ‘छिमेक पहिलो’ विदेश नीति अँगालेको भारतले पछिल्ला केही महिना यता नेपालको बेवास्ता गर्दै अन्य छिमेकी राष्ट्रसँग सम्वाद बढाउन लागेको छ।नेपालले सीमा विवाद सुल्झाउन वार्ताको लागि पटक-पटक अनुरोध गरेपनि भारतले बेवास्ता गर्दै आएको छ। नेपालले गरेको वार्ताको अनुरोधलाई कोरोना महामारी देखाउँदै पन्छिँदै आएको भारतले अन्य छिमेकीहरुसँग भने संवादको ढोकाहरु खुला राखेको छ।

">