काठमाडौं। दल दर्ताको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आज निर्वाचन आयोगमा जाँदै छ।
बिहान १० बजेपछि आयोगको कार्यालयमा अध्यक्षत्रय पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापासहितका नेताहरू दल दर्ताका लागि जाने तयारी भएको हो।
नेता श्याम तिमिल्सिनाले चुनाव चिन्ह, विद्यान र झण्डाको विषय टुङ्गिएपछि दल दर्ता गर्न आयोगमा जान लागिएको बताए। त्यसअघि बिहान १० बजे डाकिएको केन्द्रीय समिति बैठकमा अध्यक्षत्रयको बैठकबाट टुङ्गिएका विषयहरूमाथि निर्णय गर्नेछ।
“पार्टीमा देखिएका विवादित विषयहरू चुनाव चिन्हदेखि पार्टीको विद्यानसँगै झण्डा टुङ्ग्याइसक्यौं”, उनले देखापढीसँग भने, “विवादित विषय मिलेपछि दल दर्ता गर्न अध्यक्षत्रयसहित हामी निर्वाचन आयोगमा जाने भएका छौं।"
लामो समयको रस्साकस्सीपछि पार्टी एकता प्रक्रियामा देखिएका विवादित विषयहरू टुङ्गिएको हो। चुनाव चिन्ह राप्रपा संयुक्तले प्रयोग गरेको ‘हलो’ र विद्यान तथा झण्डा भने राप्रपाको प्रयोग गर्ने अध्यक्षत्रयबीच समझदारी भएको छ।
पार्टी एकीकरणपूर्व गरिएको आधारपत्रमै पार्टीको विद्यान राप्रपाको मान्ने भनिएको छ। तर, उक्त विद्यानमा राप्रपा संयुक्तको विद्यानलाई पनि सामञ्जस्य गर्ने उल्लेख छ।
र, पार्टीमा अध्यक्षत्रयबीच मुख्यतः चुनाव चिन्हलाई लिएर विवाद उत्पन्न भएको थियो। अध्यक्षद्धय राणा र लोहनी पक्षले ‘हलो’ चुनाव चिन्ह राख्नु पर्ने अडान राखेका थिए। अर्का अध्यक्ष कमल थापाले ‘गाई’ चुनाव चिन्ह राख्नु पर्ने अडान लिएका थिए।
पूर्वपञ्चहरूको बाहुल्यता रहेको राप्रपा संयुक्त र राप्रपाबीच बलियो राष्ट्रवादी निर्माणको लक्ष्यसहित २९ फागुन २०७६ मा एकीकरण भएको हो।
" /> काठमाडौं। दल दर्ताको लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आज निर्वाचन आयोगमा जाँदै छ।बिहान १० बजेपछि आयोगको कार्यालयमा अध्यक्षत्रय पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापासहितका नेताहरू दल दर्ताका लागि जाने तयारी भएको हो।

">