काठमाडौं। नेपाली कांग्रेस संसदीय दलले गुल्मीका पार्टी सभापति भुवन श्रेष्ठसहितलाई प्रहरीले दुर्व्यवहार गरेको जनाउँदै सो भर्त्सना गरेको छ।
प्रमुख सचेतक बालकृष्ण खाणले आज विज्ञप्तिमार्फत कोरोना आफ्ना नेताकार्यकर्तालाई कार्यालय प्रवेशमा रोक लगाउनु र शान्तिपूर्ण रूपले ज्ञापनपत्र बुझाउन नदिनु स्थानीय प्रशासनको नियतमै खोट देखिएको आरोप लगाएका छन्।
“प्रहरी प्रशासनको दमनमा परी काँग्रेसका जिल्ला पार्टी सभापति भुवन श्रेष्ठ एवं प्रदेश क्षेत्रीय सभापति पूर्ण केसीलगायतका साथीहरु घाइते हुनु भएको छ । जिल्ला नेतृत्वमाथि नै सांघातिक आक्रमण हुनु अत्यन्त आपत्तिजनक र निन्दनीय विषय हो, यसको काँग्रेस संसदीय दल विरोध गर्दछ । उक्त घटनामा घाइते हुनु भएका सम्पूर्ण साथीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं”, विज्ञप्तिमा उल्लेख छ।
घटनाको छानबिन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गर्दै ज्ञापनपत्रमा उल्लेखित विषय सम्बोधन गर्न र गम्भीर बन्न विज्ञप्तिमा प्रधानमन्त्री र गृहमन्त्रीको समेत ध्यानाकर्षण गराइएको छ। रासस