ओली-दाहालविरुद्धको मुद्दा तामेलीमा
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल विरुद्धकाे अवहेलना मुद्दालाई सर्वाेच्च अदालतले तामेलीमा राखेकाे छ।

न्यायाधीश तेजबहादुर केसीकाे इजलासले तामेलीमा राख्ने निर्णय गरेकाे हाे। मुद्दा चल्न नसक्ने अवस्था भएकाे नदेखिएमा स्थगन गर्नुलाई तामेली भनिन्छ।

जनता समाजवादी पार्टी नेपालका नेता (तत्कालीन राजपा नेता)  सर्वेन्द्रनाथ शुक्लले अदालतकाे अवहेलना मुद्दा अध्यक्षद्वय विरूद्द २०७४ कार्तिक १३ गते सर्वाेच्चमा दायर गरेका थिए।

त्यसअघि कार्तिक ९ गते राजधानी काठमाडौमा पत्रकार सम्मेलन गरेर ओली र दाहालले मतपत्र छाप्ने प्रक्रिया अगाडि बढाउन नदिने भन्दै अदालतकाे आदेशकाे मर्यादा र गरिमा कायम नगरी अवहेलना गरेकाे दाबी गर्दै मुद्दा दायर गरेका हुन्।

उनले एक वर्ष कैद सजाय र १० हजार रूपैयाँ जरिवानाकाे माग दाबी गरेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्