काठमाडौं। नेपाली कांग्रेसका नेता चिनकाजी श्रेष्ठले कोरोना महामारीका कारण अनिश्चित बनेको नेपाली कांग्रेसको महाधिवेशन फागुनमा पनि नहुनेमा ढुक्क रहन भनेका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशन फागुनमा हुने तय भएको छ। तर कोरोना महामारीका कारण गत वर्ष चैतदेखि लगातार भएका लकडाउन र निषेधाज्ञाले महाधिवेशन तयारी प्रभावित भएको छ। फागुनमा महाधिवेशन गर्नुअघि सक्नुपर्ने प्रक्रिया अझै बाँकी नै छ। जसले गर्दा यथास्थितिमा महाधिवेशन फागुनमा सम्भव नदेखिएको कांग्रेसकै नेताहरू बताउँछन्। तर औपचारिक रुपमा अहिलेसम्म कांग्रेसले महाधिवेशन सार्ने वा तोकिएकै समयमै गर्ने भन्ने विषयमा भने कुनै निर्णय गरिसकेको छैन।
क्रियाशील सदस्यता टुंगो लगाउने, त्यसपछि वडादेखि क्षेत्रीय अधिवेशनसम्म गर्ने काम सम्पन्न हुन नसकेका कारण महाधिवेशन तोकिएको समयमा हुने सम्भावना छैन। सभापति शेरबहादुर देउवाले महाधिवेशनबारे कुनै औपचारिक भनाइ राखिसकेका छैनन्। तर सभापतिका आकांक्षी रहेका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने अघिल्लो महाधिवेशनकै सदस्यताका आधारमा १४औं महाधिवेशन गर्नुपर्ने तर्क अघि सारेका छन्।
"देउवालाई बोल्न गाह्रो भएको छ। पार्टीभित्रको अन्तरविरोध बढ्छ भन्ने डरले देउवा बोल्नु भएको छैन। तर फागुनमा महाधिवेशन हुँदैन, यो पक्का कुरा हो," देखापढीसँग आज कुरा गर्दै नेता श्रेष्ठले भने, "महाधिवेशन फागुनमा हुन नसक्ने कुरा रामचन्द्र पौडेलदेखि कृष्ण सिटौलासम्मलाई थाहा छ। तर उनीहरु यो कुरा देउवाले बोलोस् र हामी विरोध गरौंला भनेर पर्खेर बसेका छन्। कांग्रेसभित्रको असन्तुष्ट पक्ष देउवालाई महाधिवेशनको मिति सारेको बोल्न बाध्य बनाएर अपजस बोकाउने योजनामा छन्। त्यही डरले देउवा पनि महाधिवेशन तोकिएकै मितिमा हुन्छ भनिरहेका छन्।"
कांग्रेसको उद्योग तथा व्यापार विभाग प्रमुख समेत रहेका नेता श्रेष्ठले वर्तमान परिस्थितिमा कांग्रेसको सम्पूर्ण शक्ति एकजुट भएर अगाडि बढ्नुपर्ने भए पनि आपसी फुटले दललाई कमजोर बनाएको बताए। कांग्रेस वरिष्ठ नेता पौडेलदेखि युवा पुस्तासम्मले आफ्नो पूरा शक्ति देउवाविरुद्ध केन्द्रित गरेको आरोप नेता श्रेष्ठको थियो।
"कम्युनिष्टहरुको ज्यादतिविरुद्ध लड्न एक हुनपर्ने बेला नेपाली कांग्रेसको सम्पूर्ण शक्ति देउवाविरुद्ध लागेको छ। रामचन्द्र पौडेल देखि भर्खरका केटाकेटी कांग्रेसीहरू देउवालाई गाली गर्न तल्लीन छन। तर गाली गरेर समस्याको समाधान हुँदैन," नेता श्रेष्ठले भने, "कोरोनाको कहर छ, क्रियाशील सदस्यताकै विषय टुंगो लाग्न सकेको छैन। वडा अधिवेशन देखि क्षेत्रीय अधिवेशनका लागि सयौं, हजारौंको संख्यामा भेला हुनुपर्छ। कोरोनाको त्रासमा रहेका नेता कार्यकर्ता कसरी भेला हुन सक्छन ? अहिले एक गाँउका मानिसले अर्को गाँउका मानिसलाई आफ्नो क्षेत्रमा आउन निषेध गरिरहेका छन्। हामी नेताहरुलाई गाउँ जान गाह्रो छ, यो कुरा रामचन्द्र पौडेलले पनि बुझेका छन्। तर उनीहरूलाई कांग्रेसको महाधिवेशनभन्दा देउवाको विरोध गर्नु महत्वपूर्ण लागेको छ। त्यसैले कांग्रेस नेताहरु वास्तविकतालाई पर्दाले छोप्न विरोधमा उत्रिएका छन्।"
देउवाको रक्षा गर्ने क्रममा संस्थापन इतरका सबैमाथि खनिएका नेता श्रेष्ठले युवा नेता गगन थापाको पनि आलोचना गर्न भ्याए। गगनलगायतका युवा नेताहरुले आफ्नो भूमिका नबुझेर पार्टीमा सम्मान गर्नुपर्ने नेताहरुलाई अपमान गरिरहेको उनको भनाइ थियो।
"पार्टीभित्र मिठो बोलेर चर्चामा आउने गगन थापा अहिले कुन गुट बलियो बन्छ, कहाँ लाग्दा आफ्नो भविष्य सुरक्षित हुन्छ भनेर दाउ हेरिरहेका छन्। मौका छोपेर अवसर पर्खिरहेकासँग सबै सचेत हुनुपर्छ," श्रेष्ठले अगाडि भने, "कांग्रेसमा युवा नेताहरुले शीर्ष नेताहरूलाई गाली मात्र गरिरहेका छन्। तर उनीहरुले काम के गरिरहेका छन् भनेर हेर्ने हो भने केही भेटिँदैन।"
कांग्रेसका सबै शक्ति एकजुट भएर राम्रा काममा केन्द्रित नभए जनताले आगामी निर्वाचनमा पनि मत नदिने भन्दै नेता श्रेष्ठले नेता-कार्यकर्ताहरूलाई सचेत बनाए। वर्तमान सरकारबाट जनता वाक्क भएको जिकिर गर्दै उनले जनताको मन जित्न कांग्रेसका लागि अहिले राम्रो अवसर आएको बताए। "तर कांग्रेसले जनताको बीचमा राम्रोसँग उपस्थिति जनाउन सकिरहेको छैन। चीनका कम्युष्टिहरुले पनि नेपाली कांग्रेसको प्रशंसा गर्छन्। तर आज एक कांग्रेसीले अर्को कांग्रेसलाई सिध्याउन खोजेको देखिन्छ। यो दूर्भाग्य हो," उनले भने।