काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथिको सुनुवाई आज हुँदै छ।
सुनुवाईका लागि न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिएको छ। आइतबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता बद्रिराज भट्टसहितले छुट्टाछुट्टै तीन वटा रिट निवेदन सर्वोच्चमा दायर गरेका थिए।
प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्ने कार्य संविधान विपरीत भएको, जनताको अभिमतको गम्भीर अपमान गरिएको र प्रथम दृष्टिमै संविधानको जालसाँजीपूर्ण एवम् कपटपूर्ण प्रयोग भएको रिट निवेदनमा उल्लेख छ।
रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित चार निकायलाई विपक्षी बनाइएको छ।
गौतमलाई गत २९ भदौको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य पदमा मनोनीत गरेकी थिइन्।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथिको सुनुवाई आज हुँदै छ।सुनुवाईका लागि न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिएको छ। आइतबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता बद्रिराज भट्टसहितले छुट्टाछुट्टै तीन वटा रिट निवेदन सर्वोच्चमा दायर गरेका थिए।

">