पाठयपुस्तकमा त्रुटि भेटियो, सच्याएर वितरण गर्छौं: मन्त्री अर्याल
काठमाडौं। नेपालको नयाँ नक्सा भित्र समेटिएका लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रका बारेमा गलत तथ्य समेटिएपछि सरकारले पाठयपुस्तक वितरणमा रोक लगाएको स्पष्टिकरण दिएको छ।

गत जेठ ३१ गते संविधान संसोधनमार्फत नेपालको निशान छाप पनि संसोधन गरेपछि भारतद्वारा अतिक्रमित भूमीको बारेमा पाठयपुस्तकमा गलत तथ्य र तथ्यांक छापिएपछि पाठयपुस्तक वितरणमा रोक लगाईएको हो।

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले पाठयपुस्तकमा राखिएका तथ्यांकहरु सच्याएर मात्रै वितरण गरिने जानकारी दिइन्।

“मन्त्रीपरिषदको निर्णय अनुसार प्रकाशित नक्सा र संविधान संशोधनको विषयमा त्यस्तो कुनै गलत नभए पनि पाठयपुस्तक भित्रका केही तथ्यहरु गलत भएको पाईयो,” मन्त्री अर्यालले देखापढीसँग भनिन्, “पाठयपुस्तकमा भएका गलत तथ्यांक र तथ्यहरु सच्याएर मात्रै पुस्तक वितरण गरिने छ।” उनका अनुसार गलत तथ्य र तथ्यांक भएका पुस्तकहरुको पहिचान गर्ने र सच्याएर मात्रै पाठयपुस्तक वितरण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले नयाँ नक्सासहित समेटिएको पुस्तक वितरण गर्न रोक प्रधानमन्त्री ओलीले रोक लगाएको भन्ने विभिन्न खाले टिका–टिप्पणी आईरहेको बेला मन्त्री अर्यालले यस्तो जानकारी दिएकी हुन्।

त्यसो त शिक्षा मन्त्रालयले प्रकाशन गरेका पाठयपुस्तकमा भएका त्रुटि पहिचान गर्न तथा सच्याएर प्रकाशन गर्नका लागि परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, शिक्षामन्त्री पोखरेल र भूमी व्यवस्था मन्त्री अर्याललाई जिम्मेवारी तोकिएको छ।

“पराराष्ट्र मन्त्री, शिक्षामन्त्री र भुमी सुधार मन्त्रीले पाठयपुस्तकमा के के त्रुटी भएको हो ? के के सच्याउनु पर्ने हो ? सो बारेमा सामुहिक छलफल गरी सम्मानीय प्रधानमन्त्रीलाई जानकारी दिनेछौं,” शिक्षामन्त्री पोखरेलले भने, “तीन मन्त्रीले निर्क्योल गरेपछि मात्रै पाठयपुस्तक वितरण हुनेछ, अहिलेलाई भने स्थगित गरेका छौं।” उनका अनुसार त्रुटि पत्ता लगाउन र सच्याउन लागि मन्त्रीत्रयको संयुक्त बैठक बसेर निष्कर्ष निकाल्ने छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्