वामदेव गाैतमलाई राष्ट्रियसभा सदस्यमा मनाेनीत गर्ने‌ निर्णय सर्वाेच्च अदालतले रोक्यो
काठमाडाैं। सर्वोच्च अदालतले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्ने सम्बन्धमा सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले बुधबार उक्त आदेश जारी गरेको हो। यससँगै अब बामदेवको राष्ट्रियसभा सदस्यको यात्रामा ठेस लागेको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता बद्रीराज भट्टलगायतले प्रतिनिधिसभा निर्वाचन पराजित व्यक्तिलाई राष्ट्रियसभा सदस्य पदमा मनोनीत गर्ने निर्णय बदर गर्न माग गर्दै छुट्टा-छुट्टै तीनवटा रिट निवेदन आइतबार दायर गरेका थिए।

रिट निवेदकहरूको मागबमोजिम सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो। रिट निवेदनमार्फत वरिष्ठ अधिवक्ता त्रिपाठीले प्रतिनिधिसभा निर्वाचनमा पराजित व्यक्तिलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरी मन्त्री बनाउने तयारी गर्ने कार्य प्रथम दृष्टिमै संविधानविपरीत र जनताको भावनामाथिको गम्भीर अपमान भनेका थिए।

भदाै २९ गते गौतमलाई मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य पदमा मनोनीत गरेकी थिइन्।

सत्तारुढ नेकपाका उपाध्यक्ष उनी २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्