"> चीनले बनाएको भवन सिमानाभन्दा १ किलोमिटर पर छ: परराष्ट्र मन्त्रालय: Dekhapadhi
चीनले बनाएको भवन सिमानाभन्दा १ किलोमिटर पर छ: परराष्ट्र मन्त्रालय
काठमाडौं। चीनले नेपाली भूमि मिचेर भवनहरु बनाएको बारे विभिन्न मिडियामा आएको समाचारप्रति परराष्ट्र मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको बताएको छ।

हुम्ला जिल्लामा पर्ने नेपाल-चीन सिमाना छुट्याउने ११ र १२ नम्बर पिलर भएको स्थानमा चीनले भवनहरु बनाएको विभिन्न मिडिया आएपछि एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।

"नेपाल सरकारको अनुगमन समितिले सोही स्थानमा पुगेर अनुगमन गर्दा सीमा नक्साअनुसार नेपाल-चीन सीमाबाट १ किलोमिटर पर चीनकै भू-भागमा भवन निर्माण भएको पाइएको छ," विज्ञप्तिमा भनिएको छ, "यस्तै समाचार २०१६ मा पनि आएका थिए।"

दुई देशबीच भएका सन्धी-सम्झौता अनुरूप नै सीमा निर्धारण भएको र नेपाल-चीनबीच निरन्तर रूपमा सीमामा सम्पर्क हुँदै आएको मन्त्रालयले बताएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्