जमिन बाँझो राखेर मुलुक समृद्ध हुँदैन- मन्त्री अर्याल

काठमाडौं। भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भूमि वैंकको अवधारणा ठूलो उद्देश्यले ल्याएको बताउँदै यो वेरोजगार युवाहरुका लागि बहुउपयोगी बन्ने दाबी गरेकी छिन्।

ठूलो मात्रामा जमिन बाँजो रहेकाले बेरोजगार युवालाई त्यसमार्फत रोजगारी दिएर अर्थतन्त्र बलियो बनाउने उद्देश्यअनुरुप भूमि बैंकको अवधारणा ल्याएको मन्त्री अर्यालको भनाई थियो।

"भूमि बैंक ठूलो उदेश्यले ल्याएका हौं। सुरुमै धेरैले यसको आलोचना गरे, तर बाहिर प्रचार गरिए जस्तो यो हुनेखानेलाई फाइदा हुने गरि ल्याइएको कन्सेप्ट होइन," देखापढीसँगको कुराकानीमा उनले भनिन, "कोरोना भाइरस महामारीका कारण अहिले संसार आर्थिक मन्दीको सामना गरिरहेको छ। बैदेशिक रोजगारीमा गएका लाखौ युवाहरु रोजगारी गुमाएर फिर्ता आएका छन्। त्यसअघि नै देशमा ठूलो संख्यामा युवा वर्ग वेरोजगार थियो। तत्काल हामीसँग यति ठूलो संख्याका युवालाई रोजगारी दिन ठूला उद्योगहरु छैनन्। तर हामीसँग बाँझो अवस्थामा रहेका जग्गा जमिन पर्याप्त छ। त्यसैको उपयोग गर्ने अवधारणा हो, भूमि बैंक। बेरोजगारीलाई श्रमसँग जोड्न भूमि बैंकको अवधारणा ल्याएका हौं।"

देशमा जमिन हुनेसँग श्रम नभएको र श्रम गर्न सक्नेसँग जमिन नभएकाले धेरै जमिन बाझो रहेको निश्कर्षका साथ भूमि बैंक अत्यावश्यक रहेको उनको जिकिर छ।

"भूमि बैंकको अवधारणाअनुसार बैंकमा पैसा जम्मा गरेजसरी आफूले भोग चलन नगरेको जमिन पनि डिपोजिट गर्न मिल्छ। जमिन मालिकले कुनै पनि हालतमा जग्गा बाझो राख्न मिल्दैन। बैंकमा राख्नु पर्छ। त्यसबापत बैंकले जग्गाधनीलाई पैसा दिन्छ। बेरोजगार मानिसले उत्पादन गर्न चाहेमा बैंकबाट सहुलियत दरमा पैसा तिरेर त्यो जमिनमा खेती गर्न सक्छ," मन्त्री अर्यालले भूमि बैंकको अवधारणा प्रष्टयाइन, "हामीले खाली जमिनको उपयोग गरेर मुलुकलाई आत्मनिर्भरता तर्फ उन्मुख गर्न भूमी वैंकको अवधारण ल्यायौ। तर यसको सहि अर्थ बुझाउन सकेकनौ। त्यसैले यसमा विवाद भएको छ।"

जमिन बाझो राखेर मुलुक स‌ंवृद्ध हुन नसक्ने भन्दै मन्त्री अर्यालले जनतालाई व्यवसायीक कृर्षिसँग जोडन भूमि बैंक उपयोगि हुने प्रष्ट पारिन। "भूमी बैंकमार्फत एकल खेतिसँगै सामूहिक खेती गर्न पनि मिल्नछ। यसले मुलुकलाई आत्मनिर्भर बनाउन ठुलो भुमिका खेल्नेछ," उनले थपिन, "भूमि बैंक गरिखाने बर्गको लागि ल्याइएको अवधारणा रहेछ भन्ने महशुष छिट्टै सबैले गर्नेछन्।"

प्रतिक्रिया दिनुहोस्