संवैधानिक परिषद्को गरिमालाई सरकारले अवमूल्यन गर्‍यो: कांग्रेस प्रवक्ता शर्मा <p>काठमाडौं। नेपाली कांग्रेसले संवैधानिक परिषद्को गरिमालाई वर्तमान सरकारले अवमूल्यन गरेको आरोप लगाएको छ। लोकतान्त्रिक राज्य व्यवस्थामा संवैधानिक परिषद्को अलग्गै महत्व, मर्म एवं मूल्य हुने तर,&nbsp;सरकारले नबुझेको कांग्रेसले औंल्याएको छ।</p> <p>&ldquo;जुन लोकतान्त्रिक पद्धतिका लागि सुखद संकेत होइन,&rdquo; पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तीमार्फत भनेका छन्।</p> <p>उनले संवैधानिक परिषद् एवं संवैधानिक नियुक्तिका सम्बन्धमा संविधानले व्यवस्था गरेको प्रबन्ध र पद्धति भन्दा बाहिर गएर कार्य नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्