चीन-नेपाल सीमामा वास्तविकता अध्ययनको विवरण सार्वजनिक नहुँदा कांग्रेसको ध्यानाकर्षण

काठमाडौं। नेपाली कांग्रेसले नेपाल–चीन सीमाबाट फर्किएको सरकारी टोलीको अध्ययन विवरण तत्काल सार्वजनिक गर्न माग गरेको छ। टोलीको अध्ययन विवरणलाई रहस्यमा नराख्न भनेको छ।

हुम्लाको नाम्खामा चीनद्वारा नेपाली सीमा मिचिएको वा नमिचिएको वास्तविकता अध्ययन गर्न स्थलगत भ्रमणमा गएको सरकारी टोली हुम्ला सदरमुकाम सिमिकोट फर्किएको २४ घण्टा पुग्दा पनि अध्ययनको वास्तविक विवरण सार्वजनिक नगरिएकोप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

उनले विज्ञप्तीमार्फत शुक्रबार संघीय सरकारले सीमा सम्बन्धी वास्तविक विवरण सार्वजनिक नगरिनुलाई रहस्मय भनेका छन्।

“एकातर्फ परराष्ट्र मन्त्रालयको हतारोको टिप्पणी, सहायक प्रजिअलाई स्पष्टीकरण र अर्कातर्फ स्थलगत अध्ययनको विवरण समेत सार्वजनिक गर्न गरिएको ढिलाइले सीमा मिचिएको छैन भन्ने सरकारको धारणामाथि आशंका उब्जिएको छ, जुन स्वाभाविक हो ।” प्रवक्ता शर्माले बताए।

उनले सीमा जस्तो संवेदनशील विषयमा वास्तविक विवरण सार्वजनिक गर्न विलम्ब गर्नुलाई सरकारको नियतमाथि नै प्रश्न उठेको बताए।

प्रतिक्रिया दिनुहोस्