काठमाडौं। अखिल नेपाल महिला सङ्घ (अनेसङ्घ) ले बझाङकी बालिका सम्झना कामीको हत्या गर्ने दोषी पत्ता लगाई कारबाही गर्न माग गरेको छ ।
अनेमसङ्घ संयोजक अमृता थापा र सहसंयोजक सीता पौडेलले विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानविन गरी दोषी पहिचान गरी कानूनी दायरामा ल्याउन माग गरेका छन्।
भयरहित वातावरणमा बाँच्न पाउने बालबालिकाको अधिकारको सुनिश्चितता गर्न पनि विज्ञप्तिमा माग गरिएको छ। बझाङको मष्टा गाउँपालिका-२ की १२ वर्षीया बालिका कामीको यही असोज ७ गते घरबाट गाईवस्तु बाँध्न सिमछाना भन्ने ठाउँमा गएको बेला अबेरसम्म घर नआएपछि खोजी गर्दै जाँदा गाउँभन्दा झण्डै दुई किलोमिटर टाढा पर्ने सिम मन्दिरमा शव फेला परेको थियो ।
यस्तै अनेरास्ववियूका संयोजक ऐन महरले पनि विज्ञप्ति जारी गर्दै बालिकामाथि बलात्कारपछि हत्या गरेको जघन्य अपराधका दोषीलाई कारवाहीको माग गरेका छन्।
पीडित परिवारलाई उचित परिपूरणको व्यवस्थाको समेत माग गर्दै उनले सरकारले तेजाब (एसिड) प्रहार गर्ने अपराधीलाई ऐनमार्फत नै कडा कारवाही गर्ने प्रक्रिया अगाडि बढाएको जस्तै बलात्कारीलाई पनि ऐन संशोधन गरेर कडा कारवाही गर्न सरकारसँग आग्रह गरेका छन्।
" /> काठमाडौं। अखिल नेपाल महिला सङ्घ (अनेसङ्घ) ले बझाङकी बालिका सम्झना कामीको हत्या गर्ने दोषी पत्ता लगाई कारबाही गर्न माग गरेको छ ।अनेमसङ्घ संयोजक अमृता थापा र सहसंयोजक सीता पौडेलले विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानविन गरी दोषी पहिचान गरी कानूनी दायरामा ल्याउन माग गरेका छन्।

">