काठमाडौं। परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा रहेका करिब १० लाख नेपाली स्वदेश फर्कन लागेको बताएका छन्। यसरी ठूलो संख्यामा नेपाली स्वदेश फर्कदा सरकारलाई रोजगारी सृजना गर्नु पर्ने अर्को चुनौती थपिएको उनले जनाए।
“तेस्रो मुलुकबाट झन्डै ३ लाख नेपाली स्वदेश फर्कन लागेको र अहिलेसम्म ७६ हजारभन्दा बढी नेपालीलाई उद्धार गरिसकिएको छ,” मन्त्री ज्ञवालीले आज गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिकको आठौं क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलनको उद्घाटन गर्दै भने।
अनलाइन माध्यमबाट संघको भेलालाई संवोधन गर्दै उनले थपे, “भारतबाट मात्र ५ लाख नेपाली स्वदेश फर्किएका छन्। तेस्रो मुलुकसहित गरी करिव १० लाख वैदेशिक रोजगारीमा रहेका नेपाली स्वदेश फर्कन लागेकाले तत्काल १० लाख नेपालीलाई रोजगारी सिर्जना गर्नु सरकारको सामु अर्को चुनौती रहेको छ।”
मन्त्री ज्ञवालीले कोभिड–१९ का कारण विदेशमा अप्ठेरोमा परेका नेपालीलाई स्वदेश फिर्ता गर्ने कार्य तीब्र गतिमा भइरहेको जानकारी दिँदै वर्तमान असहज परिस्थितिलाई अरु बेला जस्तै सहज रुपमा नलिन पनि आग्रह गरेका थिए। नेपालको आर्थिक समृद्धिमा गैरआवासीय नेपालीको योगदान रहेकोले अब नेपालमा लगानी गरी रोजगारी सिर्जना गर्ने वातावरणमा सहयोग गरिदिन पनि उनले आग्रह गरे।
मन्त्री ज्ञवालीले नेपालको विकासमा गैरआवसीय नेपालीको योगदान अतुलनीय रहेको बताउँदै विदेशमा नेपालीले सिकेको ज्ञान, सीप र प्रविधि नेपालमा हस्तान्तरण गर्ने सुनौलो अवसर आएको बताए। कोभिड–१९ पछिको नेपालको अर्थतन्त्रलाई उकास्न नयाँ प्रविधिको माध्यमबाट मुलुकको समृद्धि गर्नुपर्ने उनले जनाए।
कार्यक्रममा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा संरक्षक देवमान हिराचनले नेपालमा विदेशी तथा गैरआवासीय नेपालीहरु लगानी गर्न इच्छुक रहे पनि त्यो अवस्था नरहेको भन्दै सरकारलाई लगानी गर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए।
संघका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्हरुले कोभिड– १९को बेलामा एक कदम अगाडि बढेर सेवा गरिरहेको जनाएका थिए।
संघका अध्यक्ष कुमार पन्तले संघले प्रविधिलाई समय सापेक्ष उपयोग गर्दै स्मार्ट एनआरएनको प्रोजेक्टलाई लागू गर्न लागिरहेको जानकारी दिए। संघमा ब्यापक पुनर्संरचनाको खाँचो रहेको महशुस गर्दै स्मार्ट एनआरएन प्रोजेक्ट अगाडि बढाइएको पनि अध्यक्ष पन्तले बताए।
कोभिड-१९ प्रभावित नेपालीहरुको लागि आइएलोबाट संघलाई १० करोड सहयोग प्रदान भएको जानकारी गराउँदै उने अहिले संघको सम्पूर्ण ध्यान विदेशमा रहेका नेपालीमा केन्द्रित रहेको जनाए।
कार्यक्रममा म्यानमारका लागि नेपाली राजदूत भीम उदास, नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौलालगायतले विदेशमा नेपालीले सिकेको ज्ञान, सीप र प्रविधिको हस्तान्तरण गर्दै मुलुकको सम्मृद्धिमासमृद्धिमा लगाउनुपर्नेमा जोड दिएका थिए।