काठमाडाैं। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले बझाङको मष्टा गाउँपालिका-२ निवासी १२ वर्षीया नाबालिका सम्झना विकको शंकास्पद अवस्थामा हत्या भएको घटना निन्दनीय भएको बताएकी छन्।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेकी छन्, “प्रारम्भिक विवरणअनुसार सम्झनाको बलात्कार गरी हत्या गर्ने जघन्य अपराधमा संलग्न जो कोही भए पनि तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न सरकारसँग माग गर्दछु।”
गएका केही महिनायता देशभरि नै दलित समुदायविरुद्ध आक्रमण र हिंसाका घटनाहरू बढ्दै गएकाे उनकाे भनाइ छ।
देशभरि यसरी दण्डहीनताको स्थिति बढ्दै जाँदा त्यसको पहिलो शिकार महिला र बालबालिका नै हुने अन्तर्राष्ट्रिय अनुभवहरूले देखाएकाे’ विज्ञप्तिमा उल्लेख गरिएको छ। रासस
" /> काठमाडाैं। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले बझाङको मष्टा गाउँपालिका-२ निवासी १२ वर्षीया नाबालिका सम्झना विकको शंकास्पद अवस्थामा हत्या भएको घटना निन्दनीय भएको बताएकी छन्।आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेकी छन्, “प्रारम्भिक विवरणअनुसार सम्झनाको बलात्कार गरी हत्या गर्ने जघन्य अपराधमा संलग्न जो कोही भए पनि तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न सरकारसँग माग गर्दछु।”

">