काठमाडौं। सभापति शेरबहादुर देउवाले केन्द्रीय विभागहरुको गठन गर्ने तथा क्रियाशील सदस्यता वितरणमा मनोमानी गरेको भन्दै नेपाली कांग्रेसका असन्तुष्ट पक्षले संकलन गरेको हस्ताक्षर आज दर्ता गरिने भएको छ। महाधिवेशनको मिति तय भइसकेपछि पनि सभापति देउवाले विभागहरु गठन गर्दै गएको र क्रियाशील सदस्यता वितरणमा एकलौटी गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले असन्तुष्टहरुको अभिमत केन्द्रीय कार्यालयमा दर्ता गर्न लागेको हो।
‘‘सभापतिज्यूले महाधिवेशनको मिति तय भएपछि एकलौटी रुपमा विभागहरु गठन गर्ने तथा क्रियाशील सदस्यता वितरणमा पनि मनलाग्दी गर्दै आउनु भएको छ,’’ केन्द्रीय सदस्य कल्याण गुरुङले भने, ‘‘यो मनोमानी र स्वैच्छचारीता रोक्नुपर्छ भनेर पौडेल समूहले संकलन गरेको हस्ताक्षर सम्भवतः आजै दर्ता गरिनेछ।’’ गुरुङका अनुसार केन्द्रीय कार्यालयमा दर्ता हुने हस्ताक्षर संकलनको बिषयलाई आउँदो असोज १९ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा छलफलको अजेन्डा बनाइने छ।
सभापति देउवालाई सम्वोधन गरी लेखिएको पत्रमा पौडेलसहित महाममन्त्री शंशाक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पुर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, रामशरण महतलगायत २७ जना रहेका छन्।
सभापति देउवाले मनोमानी गरेको भन्दै असन्तुष्ट समुहको नेतृत्व गर्ने पौडेलले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहलाई पनि हस्ताक्षर संकलन गर्न आह्वान गरेको थियो। तर, सिटौला समूह भने त्यसमा सहमत हुन आनाकानी गरिरहेको छ।
आज बिहान बोहोराटारस्थित पौडेल निवासमा भएको छलफलमा सिटौलाले जारी हस्ताक्षर संकलन प्रक्रियामा संलग्न नभए पनि बिषय भने केन्द्रीय समितिमा उठाउने प्रतिवद्धता जनाएका छन्।
आउँदो फागुन ७–१० गते महाधिवेशनको मिति तय भइसकेका बेला देउवाले पार्टीका करिब चार दर्जन विभागमा धमाधम मनोनयन गरिरहेका छन्, जसमा सुरुदेखि नै पौडेल समूहले आपत्ति जनाउँदै आएको छ।
" /> काठमाडौं। सभापति शेरबहादुर देउवाले केन्द्रीय विभागहरुको गठन गर्ने तथा क्रियाशील सदस्यता वितरणमा मनोमानी गरेको भन्दै नेपाली कांग्रेसका असन्तुष्ट पक्षले संकलन गरेको हस्ताक्षर आज दर्ता गरिने भएको छ। महाधिवेशनको मिति तय भइसकेपछि पनि सभापति देउवाले विभागहरु गठन गर्दै गएको र क्रियाशील सदस्यता वितरणमा एकलौटी गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले असन्तुष्टहरुको अभिमत केन्द्रीय कार्यालयमा दर्ता गर्न लागेको हो।‘‘सभापतिज्यूले महाधिवेशनको मिति तय भएपछि एकलौटी रुपमा विभागहरु गठन गर्ने तथा क्रियाशील सदस्यता वितरणमा पनि मनलाग्दी गर्दै आउनु भएको छ,’’ केन्द्रीय सदस्य कल्याण गुरुङले भने, ‘‘यो मनोमानी र स्वैच्छचारीता रोक्नुपर्छ भनेर पौडेल समूहले संकलन गरेको हस्ताक्षर सम्भवतः आजै दर्ता गरिनेछ।’’ गुरुङका अनुसार केन्द्रीय कार्यालयमा दर्ता हुने हस्ताक्षर संकलनको बिषयलाई आउँदो असोज १९ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा छलफलको अजेन्डा बनाइने छ।

">