काठमाडौं। सरकारमा सहभागी मन्त्रीहरु फेरबदलबारे सञ्चारमाध्यममा सम्प्रेषण भएका समाचारहरुप्रति नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आपत्ति जनाएका छन् । अध्यक्ष दाहालको सचिवालयले आज एक विज्ञप्ती जारी गर्दै सञ्चार माध्यममा आएका समाचारहरु भ्रामक भएको जनाएको छ ।
केही समययता मन्त्रिमण्डल फेरवदलका समाचारहरु निरन्तर सम्प्रेषण भइरहेका छन् । जसमा दाहालको हवाला दिँदै पनि कतिपय समाचार आइरहेका छन् ।
''हाम्रो पार्टी नेतृत्वमा रहेको वर्तमान सरकारमा सहभागी मन्त्रीहरुका बिषयमा अध्यक्ष कमरेड प्रचण्डलाई जोडेर विभिन्न सञ्चारमाध्यममा प्रसारित/प्रकाशित अनर्गल र भ्रामक समाचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ'', विज्ञप्तीमा भनिएको छ, ''मन्त्री मण्डल फेरबदलको बिषय प्रधानमन्त्री केपी शर्मा ओली कै क्षेत्राधिकारको बिषय रहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले बारम्बार जोड दिईरहनुभएको तथ्य सबैमा विदितै छ । पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुश्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौं।''
" /> काठमाडौं। सरकारमा सहभागी मन्त्रीहरु फेरबदलबारे सञ्चारमाध्यममा सम्प्रेषण भएका समाचारहरुप्रति नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आपत्ति जनाएका छन् । अध्यक्ष दाहालको सचिवालयले आज एक विज्ञप्ती जारी गर्दै सञ्चार माध्यममा आएका समाचारहरु भ्रामक भएको जनाएको छ ।

">