काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिमण्डल पुनर्गठनका विषयमा पटक-पटक भएका छलफल निष्कर्षमा पुग्न सकिरहेको छैन। अघिल्लो आइतबारदेखि मन्त्रिमण्डल पुनर्गठनको अजेन्डामा दुबैबीच छलफल चलिरहेको छ। तर, मन्त्रिमण्डल हेरेफेरका विषयमा स्पष्ट ‘मोडालिटी’ तय नहुदाँ निचोडमा पुग्न कठिनाई भइरहेको छ।
आज बिहान मन्त्रिपरिषद्को बैठक बस्नुअघि पनि ओली-दाहाल छलफल भयो। जसले केही निचोड निकाल्ला भन्ने आकलन गरिएको थियो। तर छलफल सकारात्मक भनिए पनि टुंगोमा भने पुग्न सकेन। ‘‘मन्त्रिमण्डल पुनर्गठनका बिषयमा सचिवालयको बैठकदेखि नै अजेन्डा बनेको हो, त्यसमा २–४ दिन यतादेखी गृहकार्य चलिरहेको छ, अझै निष्कर्षमा भने पुगिसकेको छैन,’’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने ।
थापाका अनुसार जारी मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठनबारे केही धारणा राख्ने सम्भावना छ। प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनबारे छलफल चले पनि ढुक्क भएर काम गर्न मन्त्रीहरुलाई यसअघि निर्देशन दिँदै आएका थिए। यद्यपि नियमित बैठकभन्दा पनि आकस्मिक रुपमा नै आज बैठक आब्हान गरेपछि मन्त्रिमण्डल पुनर्गठनबारे केही नयाँ कुरा प्रधानमन्त्री ओलीवाट आउने अपेक्षा भने गरिएको छ।
उता, कार्यकारी अध्यक्ष दाहालका प्रेस संयोजक बिष्णु सापकोटाले पनि अध्यक्षद्धयबीच छलफल जारी रहेको तर निष्कर्षमा भने नपुगिसकेको जानकारी दिएका छन्। ‘छलफल जारी नै छ तर ठोस निष्कर्षमा भने अझै पुगिएको छैन, अझै विस्तृत छलफल हुनेछ’ सापकोटाले सञ्चारकर्मीसँग भने। सापकोटाका अनुसार मन्त्रिमण्डल पुनर्गठनदेखि पार्टी एकताका बाँकी कार्यभार पूरा गराउने बिषयमा दुई अध्यक्षबीचमा आजको छलफल केन्द्रित थियो।
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिमण्डल पुनर्गठनका विषयमा पटक-पटक भएका छलफल निष्कर्षमा पुग्न सकिरहेको छैन। अघिल्लो आइतबारदेखि मन्त्रिमण्डल पुनर्गठनको अजेन्डामा दुबैबीच छलफल चलिरहेको छ। तर, मन्त्रिमण्डल हेरेफेरका विषयमा स्पष्ट ‘मोडालिटी’ तय नहुदाँ निचोडमा पुग्न कठिनाई भइरहेको छ।आज बिहान मन्त्रिपरिषद्को बैठक बस्नुअघि पनि ओली-दाहाल छलफल भयो। जसले केही निचोड निकाल्ला भन्ने आकलन गरिएको थियो। तर छलफल सकारात्मक भनिए पनि टुंगोमा भने पुग्न सकेन। ‘‘मन्त्रिमण्डल पुनर्गठनका बिषयमा सचिवालयको बैठकदेखि नै अजेन्डा बनेको हो, त्यसमा २–४ दिन यतादेखी गृहकार्य चलिरहेको छ, अझै निष्कर्षमा भने पुगिसकेको छैन,’’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने ।

">