कांग्रेसको लेखाजोखा- २१ महीनामा सरकारका २१ कमजोरी

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारको कामको लेखाजोखासहितको विवरण आज सार्वजनिक गर्दैछ।

“सरकार संविधानको मर्म, लोकतन्त्रको मूल्य मान्यता विपरित काम गरिरहेको छ, सरकारको एक्काइस महिनाका असफल कामलाई एक्काइस बुँदामा सार्वजनिक गर्दैछौं,” नेपाली कांग्रेसका एक नेताले भने।

सरकारले जनताको पक्षमा काम गर्न नसकेको विषय १४ मंसीरको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन आधार खडा गरेको भन्दै यिनै कमजोरी लिएर जनतामाझ जाने तयारी रहेको ती नेताले बताए।

दिउँसो २ बजे कांग्रेस केन्द्रीय समितिको कार्यालयमा पत्रकार सम्मेलन गरेर सरकार गठनपश्‍चात हालसम्म २१ महीनाको असफलता सार्वजनिक गर्न लागेको हो।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले जनताको पक्षमा काम गर्न नसकेकाले जनतामाझ त्यसलाई लैजाने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले देखापढीलाई बताए।

प्रवक्ता शर्माले उपनिर्वाचनमा कांग्रेसले गरिरहेको तयारी पनि पत्रकार सम्मेलनमा जानकारी गराइने बताए।

प्रतिक्रिया दिनुहोस्