काठमाडौं। संघीय संसदका प्रमुख राजनीतिक दलहरू एकीकरण प्रक्रियाको सकसवाट पार पाउन नसक्दा सांगठनिक संरचनाहरू भताभुङ्ग अवस्थामा छन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) देखि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित संघीय संसदमा रहेका अन्य दलहरू पनि सोही समस्याबाट गुज्रँदा सांगठनिक संरचना चलायमान गराउन सकेका छैनन्। सांगठनिक संरचना भताभुङ्ग हुँदा ती दलले तोकेको मितिमा महाधिवेशन हुन हम्मे पर्ने देखिएको छ ।
सत्तारुढ दल नेकपाले आउँदो चैत २५–३० लाई महाधिवेशनको मिति तोकेको छ। तर, अहिलेसम्म एकीकरण प्रक्रिया टुंगोमा पुगेको छैन। गत भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले एकीकरण प्रक्रियालाई निष्कर्षमा पुर्याउने निर्णय गरेअनुसार यही ४ गतेदेखि जारी सचिवालय बैठकले सोही बिषयलाई छलफलको अजेन्डा बनाएको छ ।
‘‘पार्टी एकीकरणलाई टुंगोमा पुर्याउनका लागि सचिवालय बैठकले अजेन्डा बनाएको छ, जसअनुसार तीब्र गतिमा एकीकरण प्रक्रियालाई टुंगोमा पुर्याएर महाधिवेशनमा जाने प्रस्ताव छ,’’ ४ गतेको सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए। सोहीअनुसार असोज ६ गते पनि सचिवालय बैठक बसेको थियो तर त्यसयता सचिवालय बैठक नबसे पनि दिनहुँ जसो अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल चलिरहेकै छ।
नेकपाले स्थायी कमिटीमा रिक्त रहेका सदस्यको पदपुर्ति गर्ने, पोलिटब्यूरो गठन गर्ने, केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी बाँडफाँड गर्ने, रौतहट, धनुषा, महोत्तरीमा जिल्ला कमिटी सदस्यहरूलाई सपथ ग्रहण गराउनेलगायतका एकीकरणका काम सम्पन्न गर्नै बाँकी छ।
नेकपाले स्थायी कमिटीमा रिक्त रहेका सदस्यको पदपुर्ति गर्ने, पोलिटब्यूरो गठन गर्ने, केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी बाँडफाँड गर्ने, रौतहट, धनुषा, महोत्तरीमा जिल्ला कमिटी सदस्यहरूलाई सपथ ग्रहण गराउनेलगायतका एकीकरणका काम सम्पन्न गर्नै बाँकी छ। पार्टीका केन्द्रीय विभागका नेतृत्व चयन भए पनि त्यसमाताहतका सदस्य चयन गर्न पनि बाँकी नै छ।
जनवर्गीय संगठनहरूको नेतृत्व चयन भए पनि त्यस मातहातका सचिवालय, विभाग र जिल्ला कमिटीहरूको समायोजन गर्न नसक्दा नेकपाका माथिदेखी तलसम्मका सांगठानिक संरचना भताभुङ्गको अवस्थामा छन् । जसकाकारण चैत २५-३० का लागि तोकिएको महाधिवेशन गर्न सकस पर्ने देखिएको छ ।
उता, प्रमुख प्रतिपक्षी कांग्रेसको १४औं महाधिवेशन फागुन ७-१० मा तोकिएको छ। तर तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसँग भएको एकीकरण अझै टुंगोमा पुग्न सकेको छैन। त्यस्तै सुनिलबहादुर थापाको नेतृत्वमा आएको राप्रपाका समूहका सदस्यहरूले पनि अझै जिम्मेवारी पाइसकेको अवस्था छैन।
‘‘महाधिवेशनमा जाने त भनिएको छ तर प्रदेश २ का आठ जिल्लामा विजय गच्छदार समूहवाट आएकाहरूलाई अझै समायोजन गर्न सकिएको छैन, त्यो समस्या सुनिलबहादुर थापा समूहको हकमा पनि छ,’’ पुर्व सांसद रामहरी खतिवडाले भने। पार्टी एकीकरणको समायोजन नसकिँदा क्रियाशील सदस्यता र महाधिवेशन प्रतिनिधि चयन गर्नका लागि समस्या परेको खतिवडाको भनाइ छ।
कांग्रेसको एकीकरण प्रक्रियासमेत नटुङ्गिदा प्रदेश २ का आठ जिल्लासहित २६ जिल्लाको क्रियाशील सदस्यता टुंगोमा पुग्न सकेको छैन। समायोजनपछि आएका दलका शीर्ष नेतृत्वदेखि जिल्ला र भ्रातृ संस्थाहरूको सांगठनिक संरचना चलायमान हुन सकेको छैन।
कांग्रेसको एकीकरण प्रक्रियासमेत नटुङ्गिदा प्रदेश २ का आठ जिल्लासहित २६ जिल्लाको क्रियाशील सदस्यता टुंगोमा पुग्न सकेको छैन। समायोजनपछि आएका दलका शीर्ष नेतृत्वदेखि जिल्ला र भ्रातृ संस्थाहरूको सांगठनिक संरचना चलायमान हुन सकेको छैन। जसले महाधिवेशनमा सोझै प्रभाव पार्ने देखिएको छ।
‘फागुनमा महाधिवेशन हुँदैन भन्ने लगभग प्रष्ट छ। तैपनि नेताहरू लागिरहेका छन्,’ भन्ने सार्वजनिक टिप्पणी गरेर पुर्व महामन्त्री कृष्ण सिटौलाले महाधिवेशनको मितिमा प्रश्न उठाईसकेका छन्। यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि फागुनमा महाधिवेशन गर्न समस्या देखिएको भन्दै विशेष महाधिवेशनको प्रस्ताव गरिसकेका छन्।
१३ औं महाधिवेशनका प्रतिनिधिलाई नै १४औं महाधिवेशनको प्रतिनिधि बनाउनुपर्ने प्रस्ताव गर्नुको पछाडि एकीकरण प्रक्रिया टुंगोमा नपुग्नुलाई पनि एक कारण मानिएको छ।
तराई मधेस केन्द्रित राजनीति गर्दै आएको जनता समाजवादी पार्टी नेपालले पनि एकीकरण प्रक्रिया टुंग्याउन नसक्दा उसको सांगठनिक संरचनाले पूर्णता पाउन सकेको छैन।
तत्कालीन राष्ट्रिय जनता पार्टी (नेपाल) र समाजवादी पार्टीबीच गत बैशाख १० गतेदेखि एकीकरण प्रक्रियामा सामेल भए पनि अझैं केन्द्रीय सांगठनिक संरचना समेत तय हुन सकेको छैन।
महन्थ ठाकुर र उपेन्द्र यादवलाई कार्यकारी अध्यक्ष, राजेन्द्र महतो र अशोक राईलाई वरिष्ठ नेता तथा ५१ जना नेतालाई केन्द्रीय कार्यकारिणी समितिको सदस्य चयन गर्नु बाहेक जसपाले थप सांगठनिक संरचना बनाउन सकेको छैन् ।
कतिसम्म भने, शीर्ष ५ नेतृत्वमा रहेका बाबुराम भट्टराईले पनि अझै ठोस जिम्मेवारी पाउन सकेका छैनन्। संघीय परिषद्को अध्यक्ष बनाउने भनिए पनि निर्वाचन आयोगमा पार्टी दर्ता गराउने दिनमा मर्यादाक्रममा विवाद हुदाँ उनी पहिलोवाट चौथो स्थानमा खस्किनु परेको थियो । त्यसयता वरीयताक्रमबारे समेत कुनै निर्णय हुन सकेको छैन।
एकीकरण प्रक्रियालाई टुंगोमा पुर्याउनका लागि गत साउन २१-२४ गते पहिलो पटक केन्द्रीय कार्यकारिणी समितिको बैठक पनि बस्यो। जसको अजेन्डा नै ५१ जना सदस्यलाई पदाधिकारी बनाउने भन्ने थियो। तर, साउन २५ गतेसम्म तोकिएको बैठकले पदाधिकारी चयन गर्न सकेन। यसको जिम्मेवारी सोही बैठकले ठाकुर, यादव, महतो, भट्टराई र राईलाई दिएको थियो। तर, एक महिना नाघिसक्दा पनि जसपाले केन्द्रीय पदाधिकारीसमेत चयन गर्न सकेको छैन।
‘‘केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ जनालाई पदाधिकारी बनाउने जिम्मेवारी शीर्ष ५ नेतालाई दिइएको छ। तर, अहिलेसम्म हुन सकेको छैन,’’ केन्द्रीय सदस्य केशव झाले भने, ‘‘अपेक्षा गरौं कि अब चाँडै टुंगोमा पुग्ला।’’
वालकुमारीमा केन्द्रीय कार्यालय तथा बबरमहलमा भ्रातृ संगठनको कार्यालय बनाउनेबाहेक अन्य कुनै काम अघि बढाउन जसपाले सकेको छैन। एक वर्षभित्र एकताको महाधिवेशन सम्पन्न गर्ने भनेर निर्णय गरेर एकीकरणमा सामेल भए पनि ४ महिना बितिसक्दा समेत जसपाको सांगठनिक संरचना पूर्ण हुन सकेको छैन।

उता, कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी तथा पशुपति शमशेर राणा र प्रकाश चन्द्र लोहनीले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का बीचमा गत फागुन २४ गतेदेखि सुरु भएको एकीकरण प्रक्रिया अझै टुंगिएको छैन।
२०७८ बैशाख २५-२८ सम्म एकताको महाधिवेशन तोकेको राप्रपाले असोज २१ सम्म जिल्ला समिति र भ्रातृ संगठनहरूको एकीकरण प्रक्रिया टुंग्याउन निर्देशन दिएको छ। फागुन २८ गते एकीकरणको घोषणा गरेको भए पनि झन्डै ८ महिना चुनाव चिन्ह र विधानमा अल्झिएर बसेको राप्रपाले असोज ७ गते मात्रै निर्वाचन आयोगमा पार्टी एकीकरणको प्रक्रियाका लागि निवेदन दिएको छ।
अहिले राप्रपाका ९८ जना केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरूको सनाखत गर्ने क्रम जारी छ। जेठ २९ गते केन्द्रीय सचिवालय कार्य व्यवस्था समिति, केन्द्रीय कार्य सम्पादन समिति र केन्द्रीय समिति गठन गरे पनि आइतबार (हिजो) मात्रै केन्द्रीय सचिवालय कार्यव्यवस्थाको बैठक बसेको थियो।
राप्रपाले बैशाखमा एकताको महाधिवेशन गर्ने भने पनि उ अहिले पनि एकताको सुरुआती चरणमै छ।
‘‘दोस्रो पटक बसेको केन्द्रीय सचिवालय कार्यव्यवस्थाको बैठकले जिल्ला र भ्रातृ संगठन समायोजनको काम असोज २१ भित्रै गर्न निर्देशन दिएको छ,’’ केन्द्रीय सदस्य मोहन श्रेष्ठले भने, ‘‘त्यो काम सम्पन्न गर्न नसके केन्द्रले उच्चस्तरीय छानबिन समिति बनाएर एकीकरण प्रक्रिया टुंगोमा पुर्याउन सक्छ।’’
एकताको महाधिवेशन आउनका लागि ७ महिना बाँकी रहदाँसम्म राप्रपाको एकीकरण प्रक्रिया टुंगिन त परै जाओस्, सुरुआती चरणमै देखिन्छ। जुन निर्वाचन आयोगमा भइरहेको सदस्यहरूको सनाखतले पनि प्रष्टै पार्छ।
" /> काठमाडौं। संघीय संसदका प्रमुख राजनीतिक दलहरू एकीकरण प्रक्रियाको सकसवाट पार पाउन नसक्दा सांगठनिक संरचनाहरू भताभुङ्ग अवस्थामा छन् ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) देखि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित संघीय संसदमा रहेका अन्य दलहरू पनि सोही समस्याबाट गुज्रँदा सांगठनिक संरचना चलायमान गराउन सकेका छैनन्। सांगठनिक संरचना भताभुङ्ग हुँदा ती दलले तोकेको मितिमा महाधिवेशन हुन हम्मे पर्ने देखिएको छ ।

">