मन्त्रिमण्डल पुनर्गठनलगायतका विषयमा छलफल गर्न ओली-प्रचण्डबीच भेटघाट जारी
<p style="text-align: justify;">देखापढी। नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भइरहेको छ। </p>
<p style="text-align: justify;">केही बेरअघिबाट शुरू भएको छलफलमा मन्त्रिमण्डल पुनर्गठन र पार्टी एकताको बाँकी काम टुंग्याउनेलगायतका विषयमा कुराकानी भएको स्रोचले बताएको छ। </p>
<p style="text-align: justify;">गत ४ असोजदेखि नै दुई अध्यक्षबीच मन्त्री हेरफेरको विषयमा पटक-पटक भेटघाट भए पनि निचोड आइसकेको छैन। </p>
<p style="text-align: justify;">६ असोजदेखि सचिवालय बैठक स्थगित गरेर दुई अध्यक्ष छलफलमा जुटेका छन्। </p>