काठमाडौं। शंकर दास वैरागीले सन् २०१४ मा स्वीट्जरल्याण्ड बाट परराष्ट्र मन्त्रालय फर्कँदा धेरैको वाहवाही पाएका थिए। सचिवभन्दा राजदूत बन्न मरिहत्ते गर्नेहरुको भीडमा उनी भिन्न देखिए, उदाहरणीय पात्र बने।
यसको पछाडि एउटै कारण थियो– हुँदाखाँदाको स्थायी प्रतिनिधि तथा राजदूतको जिम्मेवारी बीचमै छोडेर परराष्ट्र सचिव हुन स्वदेश फर्किनु। “परराष्ट्र मन्त्रालय लथालिङ्ग भएको छ। यसलाई सम्हाल्न राजदूतको जिम्मेवारी बीचमै छोडी म फर्केको हुँ। हामीले नसम्हाले परराष्ट्रलाई कसले सम्हाल्छ,” ६ वर्ष अघि बैरागीले भनेका थिए। त्यसपछि उनी निमित्त, कामु हुँदै देशको २३औं परराष्ट्र सचिव बनेका थिए। दिन थियो– अक्टोबर ११, २०१५।
सो वर्ष नेपालले तीन वटा परराष्ट्र सचिव पाएको थियो– दुर्गाप्रसाद भट्टराई, अर्जुनबहादुर थापा र शंकर दास वैरागी। परराष्ट्र मन्त्रालय कति व्यवस्थित र योजनामा चल्छ भन्ने यो राम्रो उदाहरण हो। भट्टराई न्यूयोर्कस्थित नेपाली स्थायी नियोगमा स्थायी प्रतिनिधि भएर गएपछि थापा परराष्ट्र सचिव बनेका थिए। थापा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को महासचिव बनेर गएपछि परराष्ट्र सचिव रिक्त रहेको थियो।
त्यसपछि चार वर्षे कार्यकालको आधा समय पनि नबित्दै वैरागी परराष्ट्र मन्त्रालय सम्हाल्न भनी जेनेभाबाट फर्केका थिए। वैरागीले परराष्ट्र सचिवको जिम्मेवारी सम्हालेको पाँच वर्ष पुग्न लागेको छ। यो बीचमा परराष्ट्र मामिलामा धेरै उताव चढाव आए। अति कठिन परिस्थितिबाट परराष्ट्र सम्बन्ध गुज्रिरहेको छ। देशले नाकाबन्दी समेत खेप्नु पर्यो। परराष्ट्रलाई कति सम्हाल्न सके वा सकेनन् त्यो उनी आफैले सार्वजनिक गर्लान्।
पाँच वर्ष अघि परराष्ट्र मन्त्रालय सम्हाल्न जेनेभाबाट फर्केका वैरागीलाई आज बसेको मन्त्रिपरिषद्को बैठकले देशको मुख्य सचिवको जिम्मेवारी दिएको छ। अब वैरागीको काँधमा परराष्ट्रको मात्र होइन देशको पूरै कर्मचारीतन्त्र तथा प्रशासनको भार बोक्नु पर्नेछ।
सन् १९८७ मा नायव सुब्बाबाट परराष्ट्र सेवामा प्रवेश गरेका वैरागी सन् २०१५ अक्टोबर ११ का दिन परराष्ट्र सचिव बनेका थिए। परराष्ट्र सेवामा प्रवेश गरेको २८ वर्षमा उनी सचिव भएका थिए। वैरागी सन् १९९० मा शाखा अधिकृत, १९९८ मा उपसचिव र २००९ मा सहसचिवमा बढुवा भएका थिए।
सन् १९६६ जनवरी २६ मा पर्वतमा जन्मेका वैरागीले परराष्ट्र सेवामा झण्डै ३३ वर्ष बिताएका छन्। वैरागीले सन् २०१४ फेव्रुअरीदेखि २०१५ अक्टोबर १० सम्म निमित्त र कामु परराष्ट्र सचिव भई काम गरेका थिए। तत्कालीन कानुनी प्रावधान अनुसार सहसचिवमा बढुवा भएको ५ वर्ष पुरा नहुन्जेलसम्म कामुको जिम्मेवारी दिन नमिल्ने हुँदा सुरुमा उनलाई निमित्त पराष्ट्र सचिव बनाइएको थियो।
परराष्ट्र सचिव हुनुअघि सन् २०१२ फेव्रुअरी देखि २०१३ नोभेम्बर सम्म वैरागी जेनेभास्थित राष्ट्रसंघीय स्थायी नियोगमा स्थायी प्रतिनिधि तथा राजदूत भएर काम गरेका थिए। जेनेभामा रहँदा उनले विश्व व्यापार संगठनमा अतिकम विकसित राष्ट्र समूहको परामर्श समूहमा संयोजकको भूमिका समेत निर्वाह गरेका थिए।
उनले नोभेम्वर २००९ देखि फेव्रुअरी २०१२ सम्म अमेरिकाको न्यूयोर्कस्थित नेपाली स्थायी नियोगमा उप–स्थायी प्रतिनिधि भएर काम गरेका थिए। वैरागीले नयाँदिल्लीस्थित नेपाली दूतावासमा सन् १९९५ अगष्ट देखि १९९८ मेसम्म फस्ट सेक्रेटरी, २००० अप्रिलदेखि २००४ जुनसम्म युरोपेली युनियनका लागि नेपाली नियोगको उपनियोग प्रमुख, २००७ मार्चदेखि २००९ सेप्टेम्बरसम्म अष्ट्रेलियास्थित नेपाली दूतावासमा उपनियोग प्रमुखको जिम्मेवारी सम्हालेका थिए।
राष्ट्रपतिले चीन, म्यानमार, जापान, कतार, युएन, भारत, श्रीलंका, युएईको भ्रमण गर्दा उनी भ्रमण दलका सदस्य रहेका थिए। नेपालका प्रधानमन्त्रीहरुले भारत (१९९१, २००४, २०१६, २०१७, २०१८), चीन (२०१६, २०१७, २०१८), फ्रान्स (२०१९), बेलायत (२०१९), भियतनाम (२०१९), कम्बोडिया (२०१९), कोस्टारिका (२०१८), ओमान (२०१७), राष्ट्रसंघ (२०१४, २०१७, २०१८) को राजकीय तथा औपचारिक भ्रमण गर्दा उनी साथ रहेका थिए।
उनले परराष्ट्र मन्त्रालयको भारत तथा भुटान साखा, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) तथा दक्षिण एसिया महाशाखा, युरोप–अमेरिका महाशाखा, परराष्ट्रमन्त्रीको कार्यालय, वहुपक्षीय आर्थिक मामिला महाशाखामा बिभिन्न पदमा रही कार्य गरेका छन्।
५४ वर्षे वैरागीले त्रिभुवन विश्वविद्यालय(त्रिवि) बाट राजनीति शास्त्रमा स्नात्तकोत्तर (१९९५), फ्रि युनिभर्सिटी अफ ब्रसेल्सबाट युरोपियन इन्टीग्रेसन् एण्ड डेभलपमेन्टमा स्नात्तकोत्तर (२००२) र त्रिविबाट कानुन विषयमा स्नात्तक तह (१९८९) सम्मको अध्ययन गरेका छन्।
आज मन्त्रिपरिषद्को बैठकले तीनै वैरागीलाई मुख्य सचिव नियुक्त गरेसँगै उनी देशको २५ औं मुख्य सचिव बनेका हुन्।