काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा सरकार प्रमुखका रुपमा व्यक्त विचारको संग्रह ‘नयाँ युगको पदचाप’ सार्वजनिक भएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पहिलो निर्वाचित प्रधानमन्त्री तथा संविधानसभाबाट संविधान निर्माणपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न त्यो संविधानलाई कार्यान्वयनको आधार खडा गर्ने प्रधानमन्त्रीका रुपमा जिम्मेवारीमा रहँदा व्यक्त विचारलाई अभिलेखीकरण गरी प्रज्ञा स्मृति प्रतिष्ठानले पुस्तकको रुपमा ल्याएको हो।
दशवर्षे 'जनयुद्ध'को कुशलतापूर्वक नेतृत्व गरी दुई पटक प्रधानमन्त्रीका रुपमा मुलुकको नेतृत्व गर्दा अध्यक्ष प्रचण्डले नेपालको आर्थिक, राजनीतिक र सामाजिक समृद्धिका लागि लिएका पहलकदमीका रणनीति र योजनाका फेहरिस्त पुस्तकमा पाइन्छ।
पुस्तकमा प्रधानमन्त्रीत्वकालका दुई अवधिलाई दुई खण्डमा विभाजन गरिएको छ। पुस्तकमा अध्यक्ष दाहाल प्रधानमन्त्री रुपमा रहँदाको पहिलो कार्यकालका १५ वटा सम्बोधन समेटिएका छन् भने दोस्रो कार्यकालका ५४ वटा सम्बोधनलाई पुस्तकको अर्को अंश बनाइएको छ। पाठकलाई सजिलो होस् भनेर परिशिष्टमा उनको प्रधानमन्त्रीत्वकालमा भएका प्रमुख काम र उपलब्धिलाई बुँदागत रुपमा प्रस्तुत गरिएको छ।
पुस्तकमा ४०४ पृष्ठ छन्। प्रतिष्ठानले पुस्तकको मूल्य ७५० रुपैयाँ राखेको छ ।
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा सरकार प्रमुखका रुपमा व्यक्त विचारको संग्रह ‘नयाँ युगको पदचाप’ सार्वजनिक भएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पहिलो निर्वाचित प्रधानमन्त्री तथा संविधानसभाबाट संविधान निर्माणपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न त्यो संविधानलाई कार्यान्वयनको आधार खडा गर्ने प्रधानमन्त्रीका रुपमा जिम्मेवारीमा रहँदा व्यक्त विचारलाई अभिलेखीकरण गरी प्रज्ञा स्मृति प्रतिष्ठानले पुस्तकको रुपमा ल्याएको हो।दशवर्षे 'जनयुद्ध'को कुशलतापूर्वक नेतृत्व गरी दुई पटक प्रधानमन्त्रीका रुपमा मुलुकको नेतृत्व गर्दा अध्यक्ष प्रचण्डले नेपालको आर्थिक, राजनीतिक र सामाजिक समृद्धिका लागि लिएका पहलकदमीका रणनीति र योजनाका फेहरिस्त पुस्तकमा पाइन्छ।

">