काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग अपिल गरेका छन्। डा. केसीसँग वार्ता गरी उनका माग पूरा गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्। डा.केसी अनसन बसेको २१ औं दिन भएको छ। उनको स्वास्थ्य स्थिति बिग्रँदै गएको छ।
यस्तो अवस्थामा सभापति देउवाले डा. केसीको माग पूरा गर्न सरकारले गम्भीरता देखाउनु पर्नेमा जोड दिएका छन्। तर, सरकारले गम्भीरता नदेखाएको र जुन अत्यन्तै दुःखद् रहेको देउवाको आरोप छ।
“चिकित्सा शिक्षामा सुधारदेखि कोरोनाविरुद्ध प्रभावकारी कदम समेतका उहाँका मागहरू केवल एक व्यक्तिका माग होइनन्, प्रतिपक्षले निरन्तर उठाइरहेको र सिंगो देशले भावनात्मक ऐक्यवद्धता जनाएका मागहरू हुन्,”, सभापति देउवाले विज्ञप्तिमार्फत भनेका छन्, “जनभावना अनुरुपका माग र आवाजलाई सुनुवाइ गर्नु सरकारको कर्तव्य हो।”
डा. केसीप्रति दुर्व्यवहार गरेको र हालसम्म संवाद र समाधानमा उदासिन भएको आरोप पनि देउवाले सरकारलाई लगाएका छन्। सरकारले लोकतान्त्रिक प्रणालीभित्र कम्युनिस्टतन्त्रको अनुदार चरित्रलाई पुष्टि गरेको आरोप लगाएका देउवाले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश–२०७४’ कार्तिक २४ गते आफू नेतृत्वको सरकारले जारी गरेको भए पनि वर्तमान सरकारले त्यसलाई विस्थापित गरेको बताए। डा. केसीको अनसनलाई सभापति देउवाले त्यसकै परिणाम भएको पनि उल्लेख गरेका छन्।
" /> काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग अपिल गरेका छन्। डा. केसीसँग वार्ता गरी उनका माग पूरा गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्। डा.केसी अनसन बसेको २१ औं दिन भएको छ। उनको स्वास्थ्य स्थिति बिग्रँदै गएको छ।यस्तो अवस्थामा सभापति देउवाले डा. केसीको माग पूरा गर्न सरकारले गम्भीरता देखाउनु पर्नेमा जोड दिएका छन्। तर, सरकारले गम्भीरता नदेखाएको र जुन अत्यन्तै दुःखद् रहेको देउवाको आरोप छ।

">