काठमाडौं । सहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले व्यवस्थित बसोबासतर्फ सरकारको प्राथमिकता रहेको बताएका छन्।
फुसको छाना हटाएर जस्तापाताको छाना लगाउने कार्यक्रम व्यवस्थित बसोबासअन्तर्गत नै भइरहेको बताए।
हजारौं फुसको घरहरूमा जस्तापाताको छाना लगाइएको भन्दै आगामी तीन आर्थिक वर्षभित्रमा एउटा पनि फुसको छाना भएको घर नहुने दाबी गरे।
“सबै संघीय निर्वाचन क्षेत्र र त्यहाँ रहेका सबै स्थानीय तहमा समानुपातिक ढङ्गले फुसको छाना हटाउँदै जस्तापाताको छाना लगाउने कार्यक्रम भइरहेको छ”, सहरी विकास तथा भवन निर्माण विभागले सोमबार आयोजना गरेको कार्यक्रममा उनले भने, “केही हजार घरमा फुसको छाना हटाएर जस्तापाताको छाना लगाइएको छ।”
जनता आवास कार्यक्रम अन्तर्गत स्थानीय सरकारसँग समन्वय गर्दै फुसको छाना विस्थापन गर्दै जस्तापाताको छाना लगाउने काम भइरहेको पनि बताए।
कार्यक्रममा सरकारका पूर्वसचिव पूर्ण कडरीयाले करिब पाँच लाख घरधुरी बसोबासको दृष्टिले असुरक्षित रहेको बताए। व्यवस्थित र सुरक्षित बसोबासका लागि भवन निर्माण मापदण्ड अनुसार घर बनाउनु पर्नेमा उनले जोड दिए।
वस्ती विकास गर्दा तीन तहकै सरकारबीच आवश्यक समन्वय हुनुपर्ने पनि पूर्वसचिव कडरीयाले औंल्याए।
विभागले “सबैका लागि आवास, समृद्ध शहरी विकास” भन्ने नारासहित विश्व बसोबास दिवसकोे अवसरमा कार्यक्रम आयोजना गरेको हो।
बाढी पहिरो जस्ता विपद्का कारण नेपालमा बसोबास चुनौतीपूर्ण बन्दै गएको बेला व्यवस्थित र सुरक्षित बसोबासको सवाल पनि उठ्दै आएको छ।
हाल मुलुकको ७६ प्रतिशत घरहरू असुरक्षित र अव्यवस्थित मानिएको छ। मापदण्ड अनुसारका घरहरू निक्कै कम रहेको भवन निर्माण क्षेत्रका विज्ञहरूले औंल्याउँदै आएका छन्।
नेपालको संविधान २०७२ मा नागरिकको नैसर्गिक अधिकारको रूपमा आवासलाई उल्लेख गरिएको छ। त्यसअघि सरकारले आठौं पञ्च वर्षीय योजनामार्फत व्यवस्थित र सुरक्षित सहरीकरणको कार्यक्रमलाई समावेश गरेको थियो।
सन् १९८६ मा संयुक्त राष्ट्रसँघले पहिलो पटक ‘आवास मेरो अधिकार’ नाराका साथ बसोबास दिवस मनाएको थियो। त्यसयता विश्वभर यो दिवस मनाउन थालिएको हो।
" /> काठमाडौं । सहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले व्यवस्थित बसोबासतर्फ सरकारको प्राथमिकता रहेको बताएका छन्।फुसको छाना हटाएर जस्तापाताको छाना लगाउने कार्यक्रम व्यवस्थित बसोबासअन्तर्गत नै भइरहेको बताए।

">