काठमाडौं। डा. गोविन्द केसीले २२ दिनदेखि जारी राखेको अनशनका क्रममा उनको स्वास्थ्य नाजुक बन्दै गएको भन्दै साझा पार्टीले चिन्ता व्यक्त गरेको छ। साझाले केसीको मागप्रति सरकार उदासीन रहेको टिप्पणी गरेको छ।
“डा केसीले १९औँ अनशनमा राखेका कुनचाहिँ माग नाजायज छन् भने सरकारले आम जनतालाई व्याख्या गर्नुपर्यो। होइन भने विश्वमै विरलै भेटिने डा. केसी जस्ता गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग सरकारले पुरा गर्नुपर्यो,” साझा पार्टीले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।
डा. केसी उस्तै माग राखेर पटकपटक अनशनमा बस्नुपर्ने स्थिति रहिरहनु विडम्बना भएको साझाको विज्ञप्तिमा उल्लेख छ।
अनसन बसेको व्यक्ति अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा समेत सरकारले असंवेदनशीलता प्रकट गरिरहेको आरोप साझाले लगाएको छ।
" /> काठमाडौं। डा. गोविन्द केसीले २२ दिनदेखि जारी राखेको अनशनका क्रममा उनको स्वास्थ्य नाजुक बन्दै गएको भन्दै साझा पार्टीले चिन्ता व्यक्त गरेको छ। साझाले केसीको मागप्रति सरकार उदासीन रहेको टिप्पणी गरेको छ।“डा केसीले १९औँ अनशनमा राखेका कुनचाहिँ माग नाजायज छन् भने सरकारले आम जनतालाई व्याख्या गर्नुपर्यो। होइन भने विश्वमै विरलै भेटिने डा. केसी जस्ता गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग सरकारले पुरा गर्नुपर्यो,” साझा पार्टीले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।

">