काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिति सार्वजनिक गर्न माग गरेका छन्। प्रधानमन्त्रीको स्वास्थ्य सार्वजनिक चासो र महत्वको विषय भएको उनको भनाइ छ।
निकट सहयोगी र सल्लाहकारहरूमा कोरोना संक्रमण पुष्टि भएपछि अध्यक्ष राणाले प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति सार्वजनिक गर्न माग गरेका हुन्। उनले सरकार प्रमुखको स्वास्थ्य अवस्थाबारे जनतालाई सुसूचित गर्ने विश्वव्यापी प्रचलन रहेको पनि बताए।
'प्रधानमन्त्री केपी ओलीका सल्लाहकार, स्वकीय सचिव, सुरक्षाकर्मीहरू कोरोना संक्रमित भएबाट प्रधानमन्त्री स्वयम्को स्वास्थ्य स्थिति, आइसोलेसनमा बस्नु पर्ने/नपर्ने भन्नेबारे सरकारको औपचारिक जानकारी सार्वजनिक भए उपयुक्त हुने थियो, विश्वव्यापी प्रचलन यस्तै छ,' अध्यक्ष राणाले ट्वीट गर्दै भनेका छन्।
" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिति सार्वजनिक गर्न माग गरेका छन्। प्रधानमन्त्रीको स्वास्थ्य सार्वजनिक चासो र महत्वको विषय भएको उनको भनाइ छ।निकट सहयोगी र सल्लाहकारहरूमा कोरोना संक्रमण पुष्टि भएपछि अध्यक्ष राणाले प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति सार्वजनिक गर्न माग गरेका हुन्। उनले सरकार प्रमुखको स्वास्थ्य अवस्थाबारे जनतालाई सुसूचित गर्ने विश्वव्यापी प्रचलन रहेको पनि बताए।

">