प्रदेश ५ को राजधानी र नामकरणका लागि मतदान सुरू
<p>काठमाडौं। प्रदेश ५ को स्थायी राजधानी र नामकरणका लागि मतदान प्रक्रिया सुरू भएको छ। </p>
<p>प्रदेशसभामा प्रदेश सरकारले प्रस्तुत गरेको प्रतावमाथि निर्णय गर्न मतदान गर्न लागिएको हो। प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी प्रस्ताव गरेको छ।</p>
<p>प्रदेशसभामा उपस्थित सदस्यहरूको दुई तिहाइ मत प्राप्त भएमा प्रस्ताव पारित हुने छ।</p>
प्रतिक्रिया दिनुहोस्