काठमाडौं। काठमाडौंस्थित अमेरिकी दूतावासले केही दिनयता सञ्चारमाध्यमहरूमा आएको ‘अमेरिकाले कम्युनिस्ट नेता तथा कार्यकर्तालाई भिसा नदिने’ भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ।
दूतावासले आज एक विज्ञप्ति जारी गर्दै अमेरिकी भिसा कानुनमा कुनै परिवर्तन नभएको र सञ्चारमाध्यममा आएका कुराहरू निराधार भएको जनाएको छ।
“अमेरिकी भिसासम्बन्धी भ्रम फैलाउने खालका केही समाचारहरूलाई लिएर हामी चिन्तित भएका छौं। हामी यो स्पष्ट पार्न चाहन्छौं- हाम्रो भिसा कानूुनमा कुनै परिवर्तन भएको छैन। वा कम्युनिष्ट पार्टीहरू वा संयुक्त राज्य अमेरिकामा बसाइँ सर्ने निरंकुश शासन प्रणालीका सदस्यहरूको बारेमा हाम्रो दशकौं पुरानो कानुनमा कुनै परिवर्तन आएको छैन,” दूतावासले विज्ञप्तिमा भनेको छ।
दूतावासले थप स्पष्ट पारेको छ, “नेपाल कम्युनिस्ट पार्टीका सदस्यहरूलाई स्वचालित रूपमा अमेरिका जान प्रतिबन्ध लगाइएको छैन। अमेरिकाले प्रत्येक भिसा व्यक्तिगत आधारमा न्यायसंगत तरिकाले दिन्छ।’’
अमेरिकी नागरिक तथा आप्रवासन सेवा (यूएससीआईएस) ले हालसालै प्रशासनिक मार्गदर्शनलाई लिएर प्रकाशित भएका समाचारले भ्रम सिर्जना गरेको दूतावासले जनाएको छ।
सन् १९५२ मा अमेरिकी कंग्रेसले अध्यागमन र राष्ट्रियता ऐन (आईएनए) पारित गरेको थियो, जसले मानिसहरूलाई कम्युनिस्ट वा कुनै अन्य निरंकुश पार्टीसँगको सदस्यताको आधारमा संयुक्त राज्य अमेरिका बसाइसराइ गर्न प्रतिबन्ध लगाएको थियो।
पार्टीका सदस्यहरूलाई अमेरिका बसाइसराइ गर्न कानुनले धेरै अपवाद र छूटहरूको व्यवस्थासमेत गरेको दूतावासले जनाएको छ। आइएनएले गैरआप्रवासी भिसामा अस्थायी रूपमा अमेरिका जान चाहने मानिसहरूलाई प्रभाव नपार्ने विज्ञप्तिमा उल्लेख छ।
“विभिन्न पृष्ठभूमि र विश्वास भएका मानिसहरू जसले भिसाको लागि आवेदन दिएका छन् अमेरिका उनीहरूलाई स्वागत गर्दछ। हामी नेपालको बहुदलीय प्रजातन्त्रको पनि सम्मान गर्दछौं र देशको निर्वाचित सरकार र जनतासँग द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउन र लोकतन्त्रलाई सुदृढ पार्ने कार्य गर्नेछौं जुन हामी विगत ७३ वर्षदेखि गर्दै आएका छौं,” दूतावासले भनेको छ।