काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ। निर्वाचन आयोगले बुधबार राप्रपा नेता दीपक बोहोरालाई दल दर्ताको प्रमाणपत्र दिएको हो।
आयोगले पार्टीको झण्डाको रूपमा तत्कालीन राप्रपाले प्रयोग गरेको गाई चिन्हलाई र चुनाव चिन्हको रूपमा तत्कालीन राप्रपा संयुक्तले प्रयोग गरेको हलो चिन्हलाई मान्यता दिएको छ।
आयोगको बैठकबाट ती दुई पार्टीबीच एकीकरण गरी राप्रपाका नाममा दल दर्ता गर्ने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
दुई साता अगाडि राप्रपाको केन्द्रीय समिति बैठकले निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि आवश्यक कागजातहरू बुझाएको थियाे।
त्यसअघि, एकता प्रक्रियामा देखिएका तमाम विवादित विषयहरू टुङ्ग्याउन एकीकृत भएको राप्रपालाई निक्कै सकस भएको थियो।
गत वर्षको फागुन २९ गते राप्रपा र राप्रपा संयुक्तबीच आधारपत्रअनुसार एकीकरण भएको थियो। त्यसअघि फागुनको २४ गते दुई पार्टीबीच एकीकरण गर्न भन्दै तयार गरिएको आधारपत्रमा राप्रपा संयुक्तका तर्फबाट अध्यक्षद्धोय पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी तथा राप्रपाका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका थिए।
बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने उदेश्यले दुई पार्टीबीच एकता भए पनि चुनाव चिन्हदेखि अनेकन विषयमा विवाद बढेपछि दल दर्ता गर्ने प्रक्रिया लम्बिएको हो।
एकीकरणले वैधानिकता प्राप्त गरेकामा गौरव
राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको जानकारी दिँदै पार्टी अध्यक्ष कमल थापाले भने, "एकीकरणले वैधानिकता प्राप्त गरेकामा गौरव लागेको छ।"
प्रजातन्त्रको पुनःस्थापनापछि वि.सं. २०४७ जेठ १५ गते पूर्वपञ्चहरुको समूहले राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा र चन्द) का नाममा बेग्लाबेग्लै राजनीतिक दल खोलेसँगै उक्त पार्टीमा पटक-पटक एकीकरण र विभाजनको अभ्यास चल्दै आएको छ।
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द संस्थापक रहेको उक्त पार्टी एकीकरण हुँदा ‘राप्रपा’ नाम रहे पनि विभाजन हुँदाका बखत राष्ट्रिय जनशक्ति पार्टी, राप्रपा नेपाल, राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) जस्ता विभिन्न दल बन्न पुगे। एकीकरणपछि अब राप्रपाको झण्डामा ‘गाई’ रहने छ भने चुनाव चिह्न ‘हलो’ हुने छ।
एकता महाधिवेशनपछि वि.सं. २०७३ मा विभाजित पार्टीलाई आफ्नै कार्यकालमा पुनःएकीकृत गर्न सकेकामा प्रसन्नता व्यक्त गर्दै अध्यक्ष थापाले भने, "आगामी चुनावबाट हामीले राप्रपालाई देशको अग्रणी शक्ति बनाउने सङ्कल्प गर्नुपरेको छ।"
चुनाव चिह्न जनतासम्म पुर्याउन सम्पूर्ण पार्टी पङ्क्तिलाई सामाजिक सञ्जालमा चुनाव चिह्न अङ्कित झण्डा समावेश गर्न अध्यक्ष थापाले निर्देशन पनि दिएका छन्।
" /> काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ। निर्वाचन आयोगले बुधबार राप्रपा नेता दीपक बोहोरालाई दल दर्ताको प्रमाणपत्र दिएको हो।आयोगले पार्टीको झण्डाको रूपमा तत्कालीन राप्रपाले प्रयोग गरेको गाई चिन्हलाई र चुनाव चिन्हको रूपमा तत्कालीन राप्रपा संयुक्तले प्रयोग गरेको हलो चिन्हलाई मान्यता दिएको छ।

">